Shikhar Insurance

न्यूनतम मूल्य ४ सय ५० रुपैयाँमा एनएलजी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार ११:३९
NIMB
Nabil Bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीको नाममा रहेको १ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४ सय ५० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरि कम्पनीको सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंमा आफूले खरिद गर्ने सेयर कित्ता समेत खुलाई निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank

उक्त म्याद भित्र संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति तथा संस्थामा बिक्री कारबाही अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्