Shikhar Insurance

अविरल वर्षा कारण भोजपुरमा सडक भासियो

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार १२:०६
NIMB
Nabil Bank

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताए ।

Citizen Life
Kumar Bank

उक्त स्थानमा आज बिहान सडक भासिएको हो । ‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ’ उपाध्यक्ष राईले भने ‘सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।’

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्