Shikhar Insurance

२३.२५ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ५ अर्ब ७४ करोड माथि

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार १५:१२
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथौ कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.२५ अंकले बढेर परिसूचक २१७५.४० को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३ सय ९१ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank

बुधबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ कम्पनीको सेयर मूल्य घटेको छ र ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बुधबार सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १५ करोड ८ लाख ९९ हजार ८ सय ५९ रुपैयाँ ४० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ सय २३ रुपैयाँ ५० पैसा पुगेको छ ।

साथै, आज बलेपी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ९.९९ प्रतिशत अथवा प्रतिकित्ता ३ सय ८३ रुपैयाँ २० रहेको छ भने बुद्धभुमि हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्