Shikhar Insurance

बुधबार हाथवे इन्भेष्टमेन्ट नेपालको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार १५:२०
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथौ कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.२५ अंकले बढेर परिसूचक २१७५.४० को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३ सय ९१ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank

बुधबार सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १५ करोड ८ लाख ९९ हजार ८ सय ५९ रुपैयाँ ४० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ सय २३ रुपैयाँ ५० पैसा पुगेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्