Shikhar Insurance

एमआरपीभन्दा बढी मूल्यमा वस्तु बिक्री गर्ने दुई फर्मलाई ३ लाख जरिवाना

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार १८:०१
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेशनबाट उत्पादित आयोनून एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण गर्ने दुई फर्मलाई कारवाहि गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

विभागले कमपा-१३, सोल्टीमोडस्थित म्याक्रो मिनि मार्टले वस्तुको एमआरपीभन्दा बढी मूल्य लिई बिक्री वितरण गरिएको पाइएकाले जरिवाना सहित कारवाहि गरेको विभागले जनाएको छ ।

Citizen Life
Kumar Bank

त्यसैगरी, कामपा-१३, ताहचलस्थित मेगा मार्ट प्रालिले उपभोग गरिसक्नु पर्ने अवधि व्यतीत भइसकेको उपभोग्य वस्तु बिक्री वितरण गरिरहेको पाइएकोले प्रचलित नियम कानुन बमोजिम कारवाहि गरेको विभागले एक सूचनामार्फत जानकारी दिएको छ ।

विभागले दुबै फर्महरुलाई जनही ३/३ लाख रुपैयाँका दरले जरिवाना गरिएको जनाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्