Shikhar Insurance

विदेशी मुद्रा संचिति १९ खर्ब ६७ अर्ब पुग्यो, १५ महिनाको आयात धान्ने

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार १७:१४
NIMB
Nabil Bank

काठमाडौं । विदेशी मुद्रा संचिति बढ्दै गएको छ । चालु वर्षको जेठ सम्मको तथ्यांकमा मुद्रा संचिति १९ खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ पुगेको हो । यो संचितिले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ ।

Citizen Life
Kumar Bank

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चितिमध्य राष्ट्र बैंकमा रहेकोे सञ्चिति असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १९ खर्ब १३ अर्ब ५९ करोड रहेकोमा जेठ मसान्तमा १०.८ छ प्रतिशतले वृद्घि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ । जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

२०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत ८३.० प्रतिशत र २५० प्रतिशत रहेका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्