Shikhar Insurance

एमालेबाट मन्त्री बन्नेहरुको सूची तयार, बिष्णु रोक्न शंकरको दौडधुप, यी हुन अन्य अनुहार

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार १८:१५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)ले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने भनिएको सरकारमा पठाउने मन्त्रीहरुको नाम करिब टुंगो लगाएको छ । यस अघि नै एमालेले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष केपी ओलीलाई दिईसकेको थियो । बुधबार बसेको सचिवालय बैठकले निश्चित आधार र मापदण्डसहित ओलीले नै मन्त्रीहरुको छनौट गर्न सक्ने अधिकार पुनः प्रत्यायोजन गरेको हो ।

एमाले उच्च स्रोतका अनुसार एमालेबाट बिष्णु पौडेल वा पृथ्वी सुब्बा गुरुङमध्ये एक जनालाई मन्त्री बनाउने तयारी छ । एमाले महासचिव शंकर पोखरेल भने पौडेललाई मन्त्री बन्नबाट रोक्न ओली सरकारमा उप प्रधानमन्त्री नराखौं भन्दै आरजु राणासँग लबिङ गरिरहेका छन् । उप प्रधानमन्त्री नराखेको अवस्थामा बिष्णु पौडेल मन्त्री बन्ने सम्भावना कम रहन्छ ।

Citizen Life
Kumar Bank

उता, ओली सरकारमा परराष्ट्र मन्त्री बन्ने तयारीमा रहेकी आरजु राणालाई पनि कृष्ण सिटौला र प्रकाशमान सिंहलाई रोक्नका लागि उप प्रधानमन्त्री नबनाउने योजना उपयुक्त ठहरिएको स्रोत बताउँछ ।

‘शंकर कमरेडले बिष्णु कमरेडलाई मन्त्री बन्नबाट रोक्न खोज्नु भएको छ, त्यसका लागि उप प्रधानमन्त्री नबनाउने बिषय आएको छ । काँग्रेसमा पनि प्रकाशमान सिंह र कृष्ण सिटौलालाई मन्त्री बन्नबाट रोक्न आर्जु राणाका लागि पनि यो उपयुक्त विकल्पका रुपमा अघि आएको छ ।’, एमाले उच्च स्रोतले भन्यो ।

एमालेमा केपी ओलीपछिको नेतृत्वका लागि उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेल दावेदार मानिन्छन् । पौडेलले पूर्व राष्ट्रपति विद्या भण्डारी प्रति झुकाव बढाएका छन् भने पोखरेल केपी ओलीका विश्वास पात्र हुन् । बिष्णु पौडेलको साटो पृथ्वी सुब्बा गुरुङ मन्त्री बनेमा रुपन्देहीबाट छविलाल विश्वकर्मा मन्त्री बन्न सक्नेछन् । पौडेल र गुरुङ एउटै समुहका नेता हुन् ।

ओली सरकारमा लाल प्रसाद साँवा लिम्बु(एलपी) र सुनिता बरालमध्ये एक जनालाई मन्त्री बनाउने तयारी छ । लिम्बु झापाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने बराल समानुपातिक सांसद हुन् ।

बागमतिबाट कृष्ण गोपाल श्रेष्ठ वा महेश बर्तौलामध्ये एकलाई मन्त्री बनाउने तयारी देखिन्छ । श्रेष्ठ यस अघि पनि शहरी विकास मन्त्री भैसकेका व्यक्ति हुन् । महासचिव पोखरेल निकट बर्तौला भने पहिलो पटक सांसद बनेका हुन् । मकवानपुरमा एकिकृत समाजवादीका नेता बिरोध खतिवडालाई पराजित गर्दै बर्तौला पहिलो पटक सांसद बनेका हुन् ।

अनेरास्ववियुको पृष्ठभूमिबाट पार्टी राजनीतिमा आएका बर्तौलाले आफ्नै राजनीतिक अविभावक खतिवडालालाई चुनाव हराएपछि थप चर्चा कमाएका थिए । अहिले बर्तौला एमालेको प्रमुख सचेतक छन् । महासचिव पोखरेलको दबावमा ओलीले बर्तौलालाई सिधै अर्थमन्त्री बनाए भने पनि अन्यथा मान्नु नपर्ने स्रोतहरु बताउँछन् ।

त्यसो त राष्ट्रिय सभामा राष्ट्रपति कोटाबाट मनोनित सांसद अञ्जान शाक्यको पनि मन्त्री बन्ने पक्का जस्तै भैसकेको छ । उनले परराष्ट्र मन्त्री बन्न खोजेकी थिइन् तर काँग्रेसका तर्फबाट आरजु राणाले परराष्ट्र मन्त्री बन्न चाहेपछि उनले पर्यटन मन्त्रालयबारे सोधीखोजी गरिरहेको स्रोतहरुको दाबी छ । शाक्य नातामा केपी ओलीको साली पर्छिन् ।

त्यसो त ओलीले शाक्यलाई राज्यमन्त्री बनाउने सम्भावना छ । शाक्यलाई अर्थ राज्य मन्त्री बनाउने र डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार बनाएर अर्थमन्त्रालय चलाउन सक्ने पनि स्रोतहरु बताउँछन् ।

बिष्णु पौडेललाई शंकर पोखरेलले मन्त्री बन्नबाट कसैगरि रोक्ने अवस्था सृजना भएसँगै ६ महिनापछि संघीय संसदको सदस्य बनाउने गरि पुनः डा. खतिवडाकै पल्लाभारी त हुने होइन् ? भन्दै एमाले बृतमा चर्चा चलिररहेको छ ।

काँग्रेसबाट मन्त्री बन्नेहरुको सूची तयार, रमेश लेखक र आरजु राणा पक्का, गगनको विकल्पमा ससुरा

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्