Shikhar Insurance

राष्ट्रिय वाणिज्य बैंकले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएकाे छ : सीईओ खनाल

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार १८:२८
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) देवेन्द्ररमण खनालले यस बैंकले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएकाे बताएका छन् । उनले बुधबार बैंकले संघीय संसदका सदस्यहरुका लागि आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

सीईओ खनालले राष्ट्रिय वाणिज्य बैंकको वर्तमान अवस्थाकाे अवस्थाकाे बारेमा समेत प्रकाश पारे । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरन्जिबी नेपालले वित्तीय नीति, मौद्रिक नीति तथा अन्य आर्थिक मुद्धाका बारेमा तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष दाहालले व्यक्तिगत वित्तपोषण र बजेटिङ्गका बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा रानाले यस्तो कार्यक्रमको आवश्यकता बढेको बताउँदै वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिईन् ।

Citizen Life
Kumar Bank

उक्त कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध लगायतका विषयमा संघीय सांसदहरुले जिज्ञासा राखेका थिए । उक्त कार्यक्रममा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, उपसचिव नागेन्द्र चौधरी, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७७ जिल्लामा २८८ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्