Shikhar Insurance

बजेट निजी क्षेत्र मैत्री आयो, कार्यान्वयनका लागि राजनीतिक समझदारी आवश्यकः श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार २०:१७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले बजेटले निजी क्षेत्रका थुप्रै माग सम्बोधन गरेको बताएका छन् । बजेट वक्तव्यपछि सिंहदरबारसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको, कोरोना खोपका लागि पर्याप्त बजेट विनियोजन गरिएको र निजी क्षेत्रलाई सहुलियत दिएकाले बजेट राम्रै भएको बताएका हुन् ।

‘स्वास्थ्य मन्त्रालयका लागि एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट दिईएको छ, खोप खरिदका लागि पनि ३७ अर्ब दिइर्एको छ, यसले स्वास्थ्य पूर्वाधारमा फड्को मार्न सहयोग गर्छ,’ उपाध्यक्ष श्रेष्ठले भने । मेक इन नेपाल परियोजनालाई सरकारले स्वामित्व लिएको, विद्युतिय सवारी साधनको एसेम्बलका लागि विश्वका विख्यात कम्पनीहरुलाई निमन्त्रणा गर्ने कुरा पनि राम्रो भएको श्रेष्ठले बताए । हुण्डाईले पनि नेपालमा एसेम्बल प्लान्ट बनाउने बारे अध्ययन गरिरहेको पनि उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

स्टार्ट अफलाई २५ लाखसम्म ऋण दिने, स्टार्ट अपमा वैदेशिक लगानी भित्र्याउने, उत्पादन मुलक र पर्यटन उद्योगलाई विद्युतको डिमाण्ड शुल्क छुट दिएको विषय पनि बजेटका सकारात्मक पक्ष भएको पनि श्रेष्ठले सुनाए । सेजको भाडा दर घटाउने, ४० प्रतिशतसम्म आन्तरिक खपत गर्न पाउने विषयले पनि सेजमा लगानी आकर्षित गर्ने पनि उनले बताए । साना तथा मझौला उद्योगहरुलाई कर छुट दिने विषय पनि बजेटमा समेटिनु थप राम्रो कुरा भएको उनले बताए ।

संसद नभएको अवस्थामा अध्यादेश मार्फत ल्याईएको बजेट कार्यान्वयनका लागि आम राजनीतिक सहमति भने आवश्यक पर्न सक्ने उनले दावी गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्