Shikhar Insurance

महामारीको बिच आएको बजेट पुँजी बजार मैत्री नै भन्नु पर्ला- उपाध्यक्ष फुल्लेल

तारा प्रसाद फुल्लेल
२०७८ जेष्ठ १५, शनिबार २०:१७
NIMB
Nabil Bank

महामारीबाट सिथिल अर्थतन्त्रलाई उकास्ने कार्यक्रम प्राथमिकतामा राखेर अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्नु भएको आव २०७८/७९ को वजेट पुँजीबजार मैत्रि छ भन्न सकिन्छ । नेपालमा भित्रिने रेमिट्यान्स औपचारिक प्रणाली मार्फत भित्र्याउँदा १ प्रतिशत ब्याज थप प्रदान गरिने व्यवस्थाले नेपाल भित्रिने रेमिट्यान्समा सुधार हुनेछ ।

आगामी आर्थिक वर्षदेखि वस्तु तथा विनिमय बजार सञ्चालनमा ल्याउने कुरा आएको छ । पूँजी बजारको विकास र बिस्तारलाई प्राथमिकतामा राखिने कुरा आएको छ । उर्जा तथा जलश्रोत क्षेत्रको विकासलाई बजेट छुट्याई कार्यान्वयनमा ल्याईने कुरा उल्लेख भएको छ ।नेपाल टेलिकमका सेवाग्राही सर्वसाधारणलाई थप सेयर जारी गरीने कुरा वजेटमा उल्लेख भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

होटल,जलविधुत,विमा क्षेत्रको विकास र विस्तारलाई प्राथमिकतामा राखेर ल्याईएको वजेट पुँजीबजार मैत्री छ भन्न सकिन्छ । सरकारले पुँजीबजारको विकासमा महत्वपूर्ण योगदान गरिरहेका सामूहिक लगानीकोषहरुका लागि आयकरमा विशेष छुटको व्यवस्था गरेको छ ।

कारोबारमा आधारित कर तिर्ने सिमा बढेर ५० लाखबाट १ करोड अनुमानित करमा लाग्ने सिमा २० लाखबाट बढाएर ३० लाख पुर्याईएको छ, विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गरिने भनिएको छ । थप सहुलियत र पुँजीबजारका सुधारका कार्यक्रमहरू मौद्रिक नीति मार्फत समेटिने कुरा भनिएको छ । कोभिड व्यवस्थापन र न्युनिकरणका कार्यक्रम प्राथमिकतामा परेको बजेट बैंकिंग च्यानलबाट कार्यान्वयन गरिने हुँदा आर्थिक जगत चलायमान हुने कुराले सकारात्मकता थप्ने छ । केहि दिनमा मौद्रिक नीतिमार्फत आउने कार्यक्रम र बजेटमा सम्बोधन भएका कुराहरूबाट सकारात्मक हुन सकिन्छ ।

लेखक शेयर लगानीकर्ता संघ, नेपालका उपाध्यक्ष हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्