Shikhar Insurance

नारायणहिटीबाट रङ्गशालासम्म बृहत् टुँडिखेल अवधारणा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १६, आईतवार ०८:५८
NIMB
Nabil Bank

 

काठमाडौं । आर्थिक वर्ष २०७८/२०७९ मा शहरी पूर्वाधार विकासका लागि ४१ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा नारायणहिटी सङ्ग्रहालयबाट दशरथ रङ्गशालासम्मको क्षेत्रलाई अत्याधुनिक सेन्ट्रल पार्कका रूपमा विकास गरिने उल्लेख छ । यसअन्तर्गत भूमिगत पार्किङसहितको खुलामञ्च, रमणीय बगैँचा र प्रदर्शनीस्थलसहितको भृकुटीमण्डप, रानीपोखरी, रत्नपार्क, टुँडिखेल, सुन्धारा, भद्रकाली र दशरथ रङ्गशालालाई समेत समेट्ने गरी आधुनिक पूर्वाधार विकास गर्न बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत वैशाख ११ गते धरहरा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यससम्बन्धी गुरुयोजना तयार भएको उल्लेख गर्दै त्यससम्बन्धी वृत्तचित्र पनि सार्वजनिक गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाइमा सेन्ट्रल पार्कसम्बन्धी गुरुयोजना तयार भएको हो । यो क्षेत्रलाई एकीकृतरूपमा विकास गर्न गुरुयोजना तयार पारिएको प्राधिकरणले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्