Shikhar Insurance

कर बढाउने बजेटलाई लगानीकर्ताको स्वागत, १७ अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १६, आईतवार १५:२९
NIMB
Nabil Bank

काठमाडौं । पुँजीगत लाभकर बढाउने बजेटलाई सेयर बजारले स्वागत गरेको छ । सरकारले एक वर्ष भन्दा छोटो अवधीमा सेयर कारोबार गर्ने लगानीकर्ताहरुलार्ई २.५ प्रतिशतले पुँजीगत लाभकर बढाईदिएको थियो । तर कर बढाउने बजेट आएको भोलि पल्टै सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ ।

आइतबार १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २ सय ४५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता सेयर किनबेच हुँदा नेप्से परिसूचक पनि १२.५४ अंकले बढोर २८२७.९३ बिन्दुमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अघि सेयर कारोबारमा पुँजीगत लाभकर ५ प्रतिशत मात्रै थियो । लगानीकर्ताहरुले कारोबारी र लगानीकर्ता छुट्याएर कारोबारीलाई ५ प्रतिशत नै र लगानीकर्तालाई २.५ प्रतिशत लाभकरको व्यवस्था गर्नु पर्ने माग राखेका थिए । तर सरकारले बजेत वक्तव्य मार्फत कारोबारीलाई २.५ प्रतिशतले बढाएर ७.५ प्रतिशत र लगानीकर्तालाई ५ प्रतिशत लाभकर तोकिदिएको छ ।

एक वर्ष भित्र सेयर बेच्नेहरुलाई कारोबारी र एक वर्ष भन्दा बढी समय सेयर होल्ड गर्नेलाई लगानीकर्ताका रुपमा व्याख्या गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्