Shikhar Insurance

राष्ट्रपतिको खोप कुटनीतिः ओलीको अक्षमता ढाकछोप कि सक्रियताको दाउ ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १६, आईतवार २२:०४
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १२ गते चिनियाँ राष्ट्रपति सि जिनपिङसँग टेलिफोन सम्वाद गरिन् । सो सम्वादपछि चिनले नेपाललाई १० लाख डोज चिनियाँ खोप भेरोसिल सहयोग गर्ने घोषणा गर्यो र सो खोप लिन नेपाल वायुसेवा निगमको जहाज सोमबार चिन जाँदैछ ।

जेठ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई पत्र लेखिन र कोरोना खोप सहयोग गर्न आग्रह गरिन् । राष्ट्रपति भण्डारीको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा. युवराज खतिवडाले ह्वाइट हाउसमा बाइडेनका प्रतिनिधीलाई हस्तान्तरण गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कोरोना कालमा आफ्ना नागरिकका लागि खोप सहयोग माग्नु सबैको कर्तव्य हो तर कार्यकारी प्रधानमन्त्रीको साटो आलंकारीक राष्ट्रपति खोप कुटनीतिमा किन सक्रिय भइन् ?

श्रोतका अनुसार प्रधानमन्त्री केपी ओली प्रति अन्तराष्ट्रिय समुदायको विश्वास गुम्दै गएपछि राष्ट्रपति खोप कुटनीतिमा सक्रिय भएकी हुन् । चीनले आफ्ना ३५ प्रतिशत नागरिकलाई खोप लगाईसकेको छ । सन २०२२ भित्रै ५० प्रतिशत भन्दा बढी नागरिकलाई खोप लगाईसक्ने योजना बनाएको छ । चिनले उत्पादन गरेको खोपमध्ये ५० प्रतिशत आफ्ना नागरिकका लागि र बाँकी ५० प्रतिशत निर्यात गर्ने योजना बनाएको छ । चिनले आफ्ना छिमेकीहरुलाई खोप उपलब्ध गराउन उच्च प्राथमिकता दिएको थियो तर चिनसँग सम्बन्ध बिगारेर बसेका प्रधानमन्त्री ओलीले खोपका लागि कुनै चासो दिएनन् । चीनले आफैं नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो जुन खोप नेपाल आईसकेको छ ।

अहिले फेरी चिनियाँ राष्ट्रपतिले १० लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यो खोप लिन सोमबार नेपाल बायु सेवा निगमको जहाज चिन जाँदैछ । ओलीले चिनसँगको सम्बन्ध बिगारेपछि अब चिनले खोपका लागि थप नपत्याउने अवस्था बनेको हो । त्यसै कारण प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सि जिनपिङसँग सम्वाद गरेकी हुन् । पछिल्लो समय प्रधानमन्त्री ओली भारत तर्फ ढल्किएको आरोप लागेको छ । चिनियाँ महत्वकांक्षी परियोजना बिआरआई कार्यान्वयनमा चासो नदेखाएर एमसीसी पास गराउन मरिहत्ते गरेपछि ओलीसँग चिनियाँ नेतृत्व रुष्ट बनेको बताइन्छ ।

उता, अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि राष्ट्रपति भण्डारीले नै पत्र लेखेर खोप मागेकी छिन् । एमसीसी पास गराउन असफल रहेको भन्दै अमेरिका पनि ओलीसँग रुष्ट बनेको बताइन्छ । ट्वीटर प्रयोगकर्ता सन्तोष खडेरीले कार्यकारी प्रधानमन्त्रीको साटो राष्ट्रपतिले खोप कुटनीतिमा सक्रियता देखाएपछि प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीले कुटनीतिक क्षमता गुमाएको वा राष्ट्रपतिको समानान्तर सत्ता चलाउन खोजेको हो ? भन्ने प्रश्न उठाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्