Shikhar Insurance

हिमालयन रिले पायो नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार १३:२३
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन रिले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स पाएको छ । बीमा समिति श्रोतका अनुसार हिमालयनले लाइसेन्स पाएको हो । पाँच कम्पनीको प्रतिष्पर्धामा अन्यलाई उछिन्दै हिमालयनले बाजी मारेको हो । समितिले तोकेको मापदण्डहरुमा सबै भन्दा धेरै अंक ल्याएर हिमालयनले लाइसेन्स पाएको बीमा समिति श्रोतले बतायो ।

यो कम्पनीमा दिपक भट्टको अगुवाई थियो भने नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्षहरु पशुपति मुरारका, भवानी राणा लगायतको लगानी थियो । यसै कम्पनीमा सुलभ अग्रवालको पनि लगानी छ

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स माग्दै ५ वटा कम्पनीले आवेदन दिएका थिए । तीमध्ये चार वटा कम्पनी त्यस अघि नै लाइसेन्स माग्दै समितिको ढोका ढकढक्याउन पुगेका थिए । पुराना आवेदन रद्द गर्दै बीमा समितिले नयाँ आवेदन मागेको थियो । जस अनुसार अन्नपूर्ण रि, जेन्युइन रि, प्रुडेन्सियल रि, काठमाडौं रिले पुनः आवेदन दिए । हिमालयन रि भने अकस्मात आवेदन दिन पुगेको थियो ।
समितिले बैशाख १६ गते नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन आव्हान गरेको थियो ।

अकस्मात आवेदन दिन पुगेको हिमालयन रिलाई प्रधानमन्त्री ओलीको इच्छा अनुसार आवेदक बनाईएको बताइन्छ । यो कम्पनीमा हाइड्रो पावर क्षेत्रमा विचौलियाको आरोप खेपेका दिपक भट्ट प्रत्यक्ष सहभागी छन् । त्यसका अलवा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षद्धय पशुपति मुरारका र भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल तथा विवादास्पद व्यवसायी सुलभ अग्रवालको लगानी छ । साथै, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ताको पनि हिमालयनमा लगानी छ । यो टिमले सिधै प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेललाई कन्भिन्स गरेर लाइसेन्सका लागि दबाव दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्