Shikhar Insurance

सेयर बजारमा ४५.२५ अंकको गिरावट, १३ अर्ब ९० करोडको कारोबार

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार १५:३०
NIMB
Nabil Bank

काठमाडौं । बजेट वक्तव्य आएको दोश्रो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । बजार ४५.२५ अंकले घटेर २७८२.६८ अंकमा झरेको छ । सोमबार २१८ कम्पनीको ३ करोड ८ लाख ८८ हजार ६ सय ९५ कित्ता सेयर १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २ सय ९१ रुपैयाँमा किनबेच भएको हो ।

सरकारले एक वर्षभन्दा कम अवधी सेयर होल्ड गर्ने ट्रेडरहरुको पुँजीगत लाभकर ५० प्रतिशतले बढाइदिएको थियो । पुँजीगत लाभकर ५ प्रतिशतबाट बढेर ७.५ प्रतिशत बनेको छ । एक वर्षभन्दा बढी समय सेयर हाल्ड गर्नेहले भने ५ प्रतिशत लाभकर तिरे पुग्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बजेट आएको पहिलो दिन बढेर रेकर्ड कायम गरेको बजार दोश्रो दिन भने ह्वात्तै घटेको हो । सोमबार म्युचुअल फण्ड बाहेकका सबै सब इण्डेक्स भारी अंकले ओरालो लागेका छन् । सोमबार राधी विद्युतका लगानीकर्ताले ९.९८ प्रतिशत कमाए भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले पनि ९.९१ प्रतिशत कमाएका छन् ।

बरुण हाइड्रो, नेपाल हाइड्रो डेभलपर कम्पनी, माउन्टेन हाइड्रो, रिडि हाइड्रो पावर, दिब्यश्वरी हाइड्रो, कालिका पावार कम्पनी, हिमाल दोलखा हाइड्रो पावर, बुटवल पावर कम्पनी र आँखु खोला जलविद्युत कम्पनीले गुमाउनेहरुको सूचिमा परेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्