Shikhar Insurance

ओली एमालेको युवा संघ अध्यक्षमा किरण पौडेल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार १७:३१
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) ओली निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । यसअघिसम्म सह अध्यक्ष रहेका पौडेललाई प्रथम सचिवालय बैठकले अध्यक्ष चयन गरेको हो । सचिवालय बैठकलाई प्रधानमन्त्री केपी ओलीले जुम माध्यमबाट सम्बोधन गरेका थिए । अध्यक्ष बच्चन बहादुर सिंहलाई केहि महिनामै हटाएर पौडेललाई अध्यक्ष बनाईएको हो ।

अध्यक्ष बनेका पौडेललाई युवा नेता महेश बस्नेत निकट मानिन्छ । रमेश पौडेल अध्यक्ष समयमै किरण पनि अध्यक्षका दावेदार थिए । तर उनलाई अध्यक्ष बन्नबाट रोकिएको थियो । रमेश पौडलाई हटाएर किरणलाई अध्यक्ष बनाउन लाग्दा केहि महिना अघि विवाद भएको थियो । विवाद समाधानका लागि बिचको बाटो अपनाउने भन्दै सिंहलाई केहि समय अध्यक्ष बनाउने सहमति भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्