Shikhar Insurance

काेरोनालाई जितिएको अहिले नै घोषणा गर्न चाडो हुने विज्ञको दावी

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार २०:१७
NIMB
Nabil Bank

एजेन्सी । अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोनाभाइरसविरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने दावी गरेका छन् ।

सङ्क्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटेपनि जितिसकियो भन्न अहिले नै नहुने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

“हामीले अहिले नै कोरोनाभाइरसविरुद्धको जित भइसक्यो भनेर घोषणा गर्न चाहदैनौँ, किनकी हामी अहिले पनि त्यससँग लडिरहेका छौँ,” उनले भने ।

तर धेरैभन्दा धेरै व्यक्तिहरुले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकोले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उनको भनाइ छ ।

अमेरिकी एक प्रतिष्ठित पत्रिकासँगको कुराकानीका क्रममा फाउचीले कोरोनाभाइरसको खतरा भने पूर्ण रुपमा अन्त्य भइनसकेको उल्लेख गरे ।

भाइरसको नयाँ नयाँ संस्करणहरु आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने फाउचीको तर्क रहेको छ ।

अमेरिका अहिले पनि सवैभन्दा धेरै सङ्क्रमितहरु भएको मुलुकमा पर्दछ । अमेरिकामा अहिलेसम्म कुल तीन करोड ४० लाख ४३ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये छ लाख नौ हजार ५४४ जनाको मृत्यु भएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्