कोरोना खोप सित्तैमा ओसार्दै हिमालय, २ करोड बढीको आर्थिक योगदान

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार ११:१०

काठमाडौं । तिब्बत सरकारले नेपाललाई अनुदान सहयोग स्वरुप प्राप्त दुई लाख डोज भेरोसेल खोप हिमालय एयरलाइन्स निःशुल्क ढुवानी गरेको छ । हिमालय एअरलाइन्सको एयरबसले जेठ १८ र १९ गते गरी तिब्बतको कुनमिङ सहरमा चार पटक उडान गरी ती खोपहरु ढुवानी गर्दैछ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवद्धता अनुरुप खोप निःशूल्क ओसारेको हो ।

हिमालयका ती उडानहरुले भेरो सेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकसहरु बोक्नेछ ।

निःशुल्क उडानहरु मध्येका पहिलो कार्गो उडान काठमाडौंबाट हिजो साँझ २०ः२८ बजे कुनमिङ्गतर्फ उडी आज विहान ०६ः२८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले अमेरिकी डलर १ लाख ९२ हजार डलर अर्थात् नेपाली रुपैयाँ करिब २ करोड २५ लाख रुपैयाँ बराबरको आर्थिक योगदान पुर्‍याउनेछ ।

हिमालयले आफ्ना यात्रुवाहक तथा कार्गोवाहक उडानहरु अत्यन्तै उच्चतहको उडान सुरक्षा मापदण्ड पालन गरि सञ्चालन गर्दछ । कोभिड–१९ खोपको सुरक्षित पारवहनका लागि हिमालय एअरलाइन्स्को व्यवस्थापनले सुरक्षित हवाई कार्गो परिवहनका पालना गरिनुपर्ने सबै आवश्यक मापदण्डहरु पूरा गरेको छ । परिवहन गरिने खोपको सुरक्षाका लागि एअरलाइन्स्ले अत्यन्तै सुव्यवस्थित लोडिङ्ग र ओसार–प्रसारका विधिहरु समेत अवलम्वन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्