Shikhar Insurance

जसपामा कारवाहीको लहर, पार्टी फुट्ने निश्चित

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार १८:५४
NIMB
Nabil Bank

काठमाडौं । जनता समाजवादी पार्टीमा देखिएको कारवाहरुको लहरले अन्ततः फुटको रोडम्याप तय गरेको छ । मंगलबार उपेन्द्र यादव समुहले अध्यक्ष महन्त ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्काशित गरेको थियो । त्यसको केहि घण्टा पनि बित्न नपाउँदै महन्त ठाकुर समुहले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

ओलीसँग सत्ता साँझेदारीको तयारीमा ठाकुर पक्ष देखिन्छ भने ओली सरकार ढाल्ने अभियानमा उपेन्द्र समुह लागिपरेको छ । मधेशका मुद्धा सम्बोधनमा ओली सकारात्मक बनेको ठाकुर महतो समुहको निष्कर्ष छ । उपेन्द्र बाबुराम समुह भने ओलीले प्रतिगमन २ गरेकाले उनलाई सत्ताबाट हटाएर विपक्षी गठबन्धनको सरकार बनाउनुपर्ने निष्कर्षका साथ गतिबिधी गरिरहेको छ । ठाकुर समुहले अध्यादेश ल्याएर पार्टी फुटाउन सहज बनाइदिन प्रधानमन्त्री ओलीसँग अनुरोध गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्