Shikhar Insurance

चार एयरलाइन्सलाई नियमित उडानको अनुमति, कुन कहाँ उड्ने ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार २०:३४
NIMB
Nabil Bank

काठमाडौं । सरकारले ३ गन्तव्यमा नियमित उडान खोलेपछि चारवटा वायुसेवा कम्पनीले उडानको अनुमति पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम, टर्किस एयरलायन्स, कतार एयरवेज र एयर इन्डियालाई उडानको अनुमति दिएको हो ।

सरकारले कतार र टर्कीको उडान खोलेको हो । नयाँ दिल्लीमा भने साताको एक पटक एयर बबल अनुसार उडान भर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

जसअनुसार टर्किसले इस्तानबुल–काठमाडौं–इस्तानबुल उडानको अनुमति पाएको हो । टर्किस हरेक बिहीबार बिहान सवा ११ बजे काठमाडौं आइपुग्नेछ भने काठमाडौंबाट राती ११ बजेर ५ मिनेटमा प्रस्थान गर्नेछ ।

यस्तै नेपाल एयरलाइन्सले हरेक सोमबार दोहा उडान गर्नेछ भने कतारले सोहीदिन काठमाडौं–दोहा–काठमाडौं उडान भर्नेछ । यस्तै एयर इन्डियाले दिल्ली–काठमाडौं–दिल्ली उडानको अनुमति पाएको छ । नेपाल एयरलाइन्सको कतार र एयर इन्डियाले एअर बबल व्यवस्थाअनुसार उडान गर्नेछन् ।

यो विशेष उडान तालीका हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्