Shikhar Insurance

किसानका लागि आन्दोलन गर्न पनि तयार छुः गोल्यान

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १९, बुधबार २२:३७
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष तथा उद्यमी पवन गोल्यानले कृषि क्षेत्रमा साना किसानको विकासमा टेवा पु¥याउनु आवश्यक रहेको बताएका छन् ।

उनले सरकारले कृषिमा छुट्याएको बजेट वास्तविक कृषकसम्म पुग्न नसकोको बताए । मिडिया इन्टरनेशनलको कार्यक्रममा उनले कृषिमा सीप, मल, कृषि यन्त्र, सिँचाइको अभाव र बजारीकरणको समस्या रहेको भन्दै बजेट जतिसुकै आएपनि केहि नहुने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

गोल्यानले कृषिको प्रशोधन, उत्पादन भएका बस्तुको बजारीकरणका लागि संरचना बनाउनुपर्ने बताए । कृषि कर्जा प्रवाहमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कृषिका लागि आन्दोलन नै आबश्यक भएकोमा जोड दिए । ‘उत्पादन गर्ने व्यक्ति सबै समान छन्, सबै कुराको विकास भयो, तर उत्पादन र कृषिको व्यबसायमा विकास भएन, यसका लागि आन्दोलन नै गर्नु परेपनि म तयार छु ।’

GBIME

प्रतिक्रिया दिनुहोस्