Shikhar Insurance

१ अर्बको बन्ने भयो ‘सेटलमेन्ट ग्यारेन्टी फन्ड’, लगानीकर्ताले टी+२ मै पैसा पाउने पक्का

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २०, बिहीबार १७:५६
NIMB
Nabil Bank

काठमाडौं । सेयर लगानीकर्ताले सेयर बेचेको २ दिनभित्रै पैसा पाउने पक्का गर्न सेटलमेन्ट ग्यारेन्टी फन्डको आकार १ अर्बको बन्ने भएको छ । राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई संचालनमा ल्याउन नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको हो ।

जसअनुसार अहिले ३३ लाख रुपैयाँको रहेको सेटलमेन्ट ग्यारेन्टी फन्ड १ अर्बभन्दा ठूलो बन्ने छ । कोष ३३ लाख रुपैयाँको मात्र हुँदा राफसाफमा ढिलाइ हुँदा परिपूर्ति गर्ने कोष काम नलाग्ने बनेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्था बमोजिम स्थापना भएको राफसाफ कोषमा हालसम्म नगन्य रकम जम्मा भई राफसाफ सुनिश्चितता हुने गरी कार्यान्वयनमा आउन नसक्दा समयमा नै लगानीकर्तालाई धितोपत्र बिक्री वापतको रकम भुक्तानी हुन सकिरहेको थिएन । दैनिक कारोबार रकम १५ अर्ब रुपैयाँको पुग्दा ३ लाखको कोषको अर्थ थिएन ।
धितोपत्रको दोश्रो बजार कारोवार दिनानुदिन वृद्धि भइरहेको सन्दर्भमा यसमा निहित प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न सेटलमेन्ट ग्यारेन्टी फन्डको आवश्यक थियो ।

बोर्डले नेप्सेलाई आफूले ५० करोड, राफसाफ गर्ने सीडीएसले ३० करोड र ब्रोकरलाई २० करोड राख्न लगाएर कोष बनाउन भनेको छ ।

अब नेप्सेले व्यवस्था गर्ने राफसाफ कोषमा धितोपत्र बजार, धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र समान रुपमा सम्पूर्ण राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) को योगदान हुने गरी आर्थिक वर्ष २०७७।७८ भित्र ५० करोड, आर्थिक वर्ष २०७८।७९ भित्र थप रु. ३० करोड र आर्थिक वर्ष २०७९।८० भित्र थप रु. २० करोड गरी कुल रु. १ अर्बको कोष बन्नेछ ।

यसबाहेक धितोपत्र दलालहरुको पछिल्लो महिनाको औसत दैनिक कारोबार रकमको १ प्रतिशत रकम चालु महिनाको १५ गतेभित्र कोषमा थप गर्नुपर्नेछ । यसबाट राफसाफ हुन ढिलाइ भए कोषबाट लगानीकर्ताको रकम बेहोरिनेछ ।

१ अर्बको कोष बनेपछि धितोपत्र कारोबारको रकम समयमै राफसाफ तथा फछ्र्यौट हुने सुनिश्चितता भई उक्त कार्य थप प्रभावकारी रुपमा यथासमयमा नै सम्पन्न हुने, धितोपत्र कारोवारमा निहित प्रणालीगत जोखिम न्यूनीकरण हुने, लगानीकर्ताले समयमा नै धितोपत्र बिक्री वापतको रकम प्राप्त गर्ने र धितोपत्र कारोवार थप गतिशील हुन सहयोग पुग्ने बोर्डले विश्वास लिएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्