Shikhar Insurance

रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्रान्डका अक्सिजन कन्सन्ट्रेटर, राष्ट्रिय आविष्कार केन्द्रले ठुलो संख्यामा किन्यो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २०, बिहीबार १८:५६
NIMB
Nabil Bank

काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ । यस अघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री वितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।

ग्लोबल कि टेक्नोलोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्रान्ड भित्र्याइएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्रान्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उत्कृष्ट ब्रान्ड मध्ये काइया जेडवाई–५सीए (५ लिटर, १७.८ केजी), क्यूजे–जेडवाई (१० एलए १० लिटर, ३६ केजी) र केयरर ब्रान्डको ५ लिटरको सीआर–एफ५एसडब्लु, सीआर–पी५डब्लु, अक्सिजन कन्सन्ट्रेटर लोकप्रिय छन् । लोकप्रिय मानिएका ब्रान्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आविस्कार केन्द्रबाट जाँचपास भएको २ वर्षसम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ । घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटर ३५ हजार रुपैँयादेखि १ लाख ८८ हजार सम्ममा उपलब्ध हुने छन् ।

नेपाली बजारमा कोभिडसँग सम्बन्धि सामान खरिदका लागि रिचार्जर रोजाईमा परेको छ । एनजीओ , आईएनजीओ, अस्पताल, बैंक, फाइनान्स, को–अपरेटिभ , कर्पोरेट हाउसलाई रिचार्जरले सहज रुपमा बजार मूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनेछ । पल्स अक्सिमिटर, मास्क, स्यानिटाइजर , पीपीई सेटलगायतका सामान रिजार्जर एपमा सस्तो मुल्यमा उपलब्ध हुनेछ ।

एनआईसी एशिया बैंकको भिसा कार्डवाहकले किस्ताबन्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सक्ने ग्लोबल कि टेक्नोलाजीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्