Shikhar Insurance

चेपाङ परिवारलाई राहत

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २२, शनिबार ०७:५१
NIMB
Nabil Bank

चितवन । मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका ५ का जौगरा, ढुसघारी, मड्केनाटार, पहेँले पानी र बक्सेरानरा गाउँका ५० चेपाङ परिवारलाई राहत वितरण गरेको छ ।

प्रत्येक परिवारलाई ३० किलो चामल, एक किलो नुन, आधा लिटर तेल र एक किलो दाल शुक्रबार वितरण गरिएको संस्थाका जिल्ला अध्यक्ष महेश्वरी खड्काले जानकारी दिए । संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको बताए । अहिले कोरोनाका कारण विपन्न परिवारमा बिहान बेलुका छाक टार्न समस्या भएकाले राहतका कार्यक्रम पनि ल्याएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

गाउँ भन्दा बाहिर गएर दैनिक ज्यालादारी गरेर परिवार पाल्नुपर्ने अवस्था रहेको जङ्ग बहादुर चेपाङले बताए । अहिले काम गर्न नपाएपछि समस्यामा परेको उनले बताए ।

राष्ट्रिय आधारभूत विद्यालय पामडाडाँका प्रधानाध्यापक यान बहादुर गुरुङका अनुसार यहाँका चेपाङको बारीमा लगाएको कोदो मकैले ६ महिना पनि खान पुग्दैन । बाँकी ६ महिना मजदुरी गरेर खानुपर्ने अवस्था रहेको र अहिले कोरोनाको महामारीसँगै काम नपाउँदा समस्यामा परेको बताए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्