Shikhar Insurance

‘हुनेले दिने, नहुनेले लिने’ अभियान

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २२, शनिबार १३:३०
NIMB
Nabil Bank

पाँचथर । बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैँले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका परिवारलाई खाद्यान्न उपलब्ध गराउन युवाहरुले यो अभियान चलाएका हुन् ।

अभियानमा संलग्न युवाहरु स्वंयले रकम सङ्कलन गरी अभियान थालेका थिए । यस क्रममा अभियन्ताहरु स्वयंबाट रु. ४० हजार, नेपालभित्रैबाट रु ४२ हजार ९६८, विदेशमा रहेका नेपालीहरुबाट रु २४ हजार ४२६ र रु १३ हजार ६९० बराबरको खाद्यान्न गरी रु. एक लाख २१ हजार ८४ प्राप्त भएको अभियन्ताले जनाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अभियन्ताले अभियानको तस्वीर खिचेर सार्वजनिक नगर्ने, सामाजिक सञ्जालमा नहाल्ने, सहयोग लिनेको विवरण सार्वजनिक नगर्ने प्रतिवद्धता व्यक्त गर्दै समस्या पर्ने परिवारहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा सम्पर्क नम्बरहरु समेत उपलब्ध गराएका छन् । सहयोग अभियानअन्तर्गत हिँजो फिदिम नगरपालिका वडा नं. १, २ र ४ का २२ परिवारका ५४ जनालाई सहयोग गरिएको अभियन्ता उपेन सापकोटाले जानकारी दिए ।

अभियानमा प्रतिव्यक्ति पाँच किलो चामलसहित दैनिक आवश्यक खाद्यान्नका सामग्रीहरु परिवार सङ्ख्याका आधारमा वितरण गरिने सापकोटाले जानकारी दिए । फिदिमका विभिन्न पेशामा आवद्ध युवाहरु यो अभियानमा जोडिएका छन् । अभियानमा रकम सङ्कलन गर्दै जाने र सहयोग पनि उपलब्ध गराउँदै जाने उनीहरुको योजना छ ।
रासस

GBIME

प्रतिक्रिया दिनुहोस्