Shikhar Insurance

विदेशी लगानी ल्याउन पनि सजिलो र नाफा फिर्ता लैजान पनि सजिलो, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २५, मंगलवार १३:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गरेको छ । केन्द्रिय बैंकले विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋणबापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्नेलगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गरी विदेशी लगानी आकर्षित गर्न एवम् आर्थिक क्रियाकलापहरू सहज रूपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न यो विनियमावली ल्याएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकले विनियम बनाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तो छ, विनियमः

GBIME

प्रतिक्रिया दिनुहोस्