Shikhar Insurance

मृतक श्रमिकका परिवारलाई ३३ लाख क्षतिपूर्ति तिर्न गोर्खा ब्रुअरीलाई निर्देशन

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २६, बुधबार १८:५८
NIMB
Nabil Bank

काठमाडौं । दुई वाणिज्य बैंकलाई कर्मचारीको निधनसँगै करिब २ करोड रूपैयाँ क्षतिपूर्ति तिर्न पत्राचार गरेको २ साता निबत्दै सामाजिक सुरक्षा कोषले गोर्खा ब्रुअरीलाई पनि पत्र काटेको छ । गोर्खा ब्रुअरीमा काम गर्ने राम बहादुर सार्की नेपालीको निधन भएको ९ महिनापछि सार्कीको परिवारको उजुरिका आधारमा कोषले ३३ लाख रूपैयाँ क्षतिपूर्ति तिर्न पत्राचार गरेको हो ।

सामाजिक सुरक्षा कोषमा दर्ता भएर पनि कर्मचारीको योगदान नपठाएको कारण देशकै ठूलो मध्येको एक ब्रुअरीले ३३ लाख रुपैयाँ भन्दा बढीको दायित्व बेहोर्ने भएको छ । कम्पनीमा कार्यरत कर्मचारीको निधन भएपछि सामाजिक सुरक्षा कोषले बेहोर्ने दायित्व कम्पनी स्वयमले बेहोर्नु पर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सामाजिक सुरक्षा ऐनअनुसार कोषमा आवद्ध नहुने तथा आवद्ध भएर पनि योगदान नबुझाएको कम्पनीले नै कोषले बेहोर्ने दायित्व बेहोर्नुपर्ने व्यवस्था छ । कम्पनी र कर्मचारीको सम्बन्ध समाप्त भएपछि (निधन वा सेवानिवृत्त) ऐनबमोजिम कोषबाट पाउनुपर्ने रकम कम्पनीले तिर्नुपर्ने व्यवस्था ऐनमा छ ।

यसो नगरे सामाजिक सुरक्षा कोषले सो कम्पनीलाई दायित्व रकम तिर्ने आदेश दिन सक्छ । गोर्खा ब्रुअरीले उनको निधनसम्म सामाजिक सुरक्षा कोषमा दर्ता भएर पनि योगदान रकम जम्मा गर्ने सुरु गरेको थिएन ।

कम्पनीका मृतक कर्मचारीका परिवारले कोषले बेहोर्ने दायित्व बराबर दायित्व नबेहोरेको भन्दै उजुरी दिएपछि कोषले कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।

कोषका अनुसार नेपालीको २०७७ भदौ २९ गते निधन भएको हो । उनको आधारभुत तलब (बेसिक स्यालरी) २२ हजार ४२ रुपैयाँ थियो ।

सामाजिक सुरक्षा ऐनअनुसार मृतकको पत्नीको बाँकी उमेर हिसाब गरी आधारभुत तलबको ६० प्रतिशत रकम एकमुष्ट दिइन्छ ।

जसअनुसार उनकी श्रीमती ५० वर्षकी भएकी छन् ।

नेपालीको औसत आयु ७१ वर्ष मान्दा मृतक पत्नीले जीउन बाँकी ११ वर्ष देखिन्छ । यसहिसाबले बाँकी उमेरमा मृतककी पत्नीले पाउने रकम ३३ लाख ६ हजार भयो ।

ऐनमा मृत्य संस्कारका लागि २५ हजार रुपैयाँ दिने व्यवस्था छ ।

यसरी, मृतक नेपालीप्रति सामाजिक सुरक्षा कोषको कुल दायित्व ३३ लाख ३१ हजार ३ सय रुपैयाँ हुन आउँछ ।

तर, गोर्खा ब्रुअरी कोषमा आवद्ध भएपनि योगदान कर्ता (कर्मचारी/श्रमिक)को योगदान बुझाउन सुरु गरेको थिएन ।

यसर्थमा कोषले कानुनअनुसार कम्पनीलाई सो रकम ३ महिनामा भुक्तानी दिन पत्र काटेको हो ।

पछिल्लो समय कोष दर्ता नहुने संस्थालाई आवद्ध हुन ताकेता गर्दै आएको छ ।

कोषको पत्रबमोजिम बैंकले सो दायित्व नतिरे सरकारी बाँकी सरह असुल हुनेछ ।

पिडित कर्मचारीका परिवारले कोषमा निवेदन दिएपछि हिसाब गरेपछि कोषले सम्बन्धि संस्थालाई पत्र लेख्ने गरेको छ ।

निधनमात्रै नभएर कोषले व्यहोर्ने सबै दायित्व सम्बन्धित कम्पनीलाई तिराउन सक्ने अधिकार कोषलाई दिइएको छ ।

सामाजिक सुरक्षा कोषमा आवद्ध नहुँदा तथा योगदान नगर्दा कर्मचारी (योगदानकर्ता)लाई तलमाथि पर्दा सबै दायित्वमा सम्बन्धित संस्था जिम्मेवार हुन्छ र जिम्मेवार बनाउने काम सामाजिक सुरक्षा कोषले गर्ने छ ।

यसअघि कर्मचारीको निधन भएपछि कोषले सनराइज बैंकलाई ४३ लाख रुपैयाँ दायित्व तिर्न पत्राचार गरिसकेको भने ग्लोबल आईएमईलाई १ करोड ५१ लाख तिर्न भनिसकेको छ ।

रोजगारदता संस्थाहरूले भने पिडितको आरोपमा थप सोधपुछ नगरी कारबाही गरिएको आक्षेप लगाएका छन् । कोषको यो गतिविधिलाई उनीहरूले ‘आतंक’को संज्ञा दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्