Shikhar Insurance

मृतकका परिवारलाई आर्थिक प्रलोभन देखाएर उजुरी गर्न कोषले नै उक्साउँछ !

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २६, बुधबार २०:५४
NIMB
Nabil Bank

काठमाडौं । सामाजिक सुरक्षा कोषले कम्पनीहरूलाई कोषमा आवद्ध हुन बाध्य बनाउन मृतकका परिवारलाई कोषमा उजुरी हाल्न उक्साउने गरेको आरोप लागेको छ । नबिल बैंकमा कार्यरत एक कर्मचारीको निधन भएका बेला कोषका कर्मचारीले परिवारलाई सम्पर्क गरी कोषमा उजुरी हाल्न अनुरोध गरेको र त्यसवापत् बैंकबाट २ करोड क्षतिपूर्ति बैंकलाई तिराउने प्रतिवद्धताका साथ कोष पुगेको जानकारी सिंहदरबारलाई प्राप्त भएको छ ।

स्रोतका अनुसार बैंकका कार्यरत ती कर्मचारीको निधन कोभिडका कारण भएको हो । उनका परिवारका सदस्य अहिले पनि रोगबाट निको हुने क्रममा छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पछिल्लो समय कोष बैंकहरू अन्य कम्पनीलाई कोषमा आवद्ध गराउन सक्रिय छ । त्यसमा पनि बैंकहरू कोषको निशानीमा छन् । बैंकका कर्मचारीहरू तथा कोषको विवाद अहिले उत्कर्षमा छ ।

२ साता अघिमात्र कोषले ग्लोबल आईएमई बैंकको कर्मचारीको निधन हुँदा परिवारको उजुरिका आधारमा बैंकलाई डेढ करोड क्षतिपूर्ति तिर्न पत्र काटेको थियो । त्यसअघि कोषले सनराइज बैंकलाई ४३ लाखको यस्तै पत्र काटिसकेको छ ।

नबिल बैंकका मृतक कर्मचारीले कोषमा उजुरी दिए कोषले बैंकलाई ती दुई बैंकलाई जस्तै पत्र लेख्नेछ ।

स्रोत भन्छ, “मृतक कर्मचारीको परिवारलाई फोन गरेर ‘तपाईंहरू निवेदन दिनोस्, हामी त्यसैको आधारमा क्षतिपूर्ति तिराउँछौं’ भन्ने प्रकारका फोन आएको जानकारी हामीले भनेका छौं ।” मृतकको परिवारले कोषबाट यस्तो फोन प्राप्त भएको जानकारी दिएको स्रोत बताउँछ ।

स्रोतले भन्यो, “यतिमात्र नभएर व्यक्तिलाई नै टार्गेट गरेर आवद्ध हुन ताकेता गर्ने काम भइरहेको छ । मृतक साथीको परिवारलाई फोन गरेर समवेदना प्रकट गर्नुपर्ने बेलामा भावनासँग जोडेर आर्थिक लाभको कुरा गरिनु र प्रलोभन पार्न खोज्नु व्यवसायीकता देखिँदैन ।”

बैंकबाट सामुहिक सौदाबाजीमा पाइने सुविधा कोषबाट भन्दा राम्रो हुने भएकाले बैंकका कर्मचारीहरू कोषमा जान अनिच्छुक छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्