Shikhar Insurance

प्रतिगमनका विरोधी गणेश पहाडी र बादलपत्नी नैनकला पनि मन्त्री

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २७, बिहीबार १२:५२
NIMB
Nabil Bank

काठमाडौं । बिहीबार विस्तार हुँदै गरेको मन्त्रीपरिषदमा थप दुई नयाँ अनुहार मन्त्री बन्न भएका छन् । नेकपा र नेकपा एमाले विवादमा माधव नेपालको पक्ष लिएका सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित गणेश पहाडी र माओवादी केन्द्रबाट एमाले छिरेका रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा मन्त्री बन्ने भएका हुन् ।

पहाडीलाई सामान्य प्रशासन दिइएको बताइएको छ भने बादलपत्नीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हाल्नेछिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री बन्न लागेका सांसद पहाडी प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विपक्षमा खरो भएर उत्रिएका थिए । उनी ओलीको प्रतिगामी कदमको विरूद्धमा गरिएको आन्दोलनको अग्रपंतिमा थिए ।

थापा बादलपत्नी हुन् । सर्वोच्च अदालतले मन्त्री पदमा रहीरहन नमिल्ने फैसला गरेपछि उनका पति बादल गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।

ओलीको साथ दिएका योगेश भट्टराईले आफू मन्त्री नबनेर पहाडीलाई मन्त्री बनाएको बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्