यस्तो छ २५ सदस्यिय फुल क्याबिनेट (प्रतिगमन विरोधिदेखि पूर्वमन्त्री पत्नीसम्म)

काठमाडौं । मन्त्रिपरिषदमा ८ नयाँ मन्त्री थपिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र १ राज्यमन्त्री थपेकी हुन् ।
संविधानअनुसार मन्त्रिपरिषदमा बढीमा २५ मन्त्री हुने व्यवस्था छ । प्रधानमन्त्रीले संवैधानिक मर्यादा ख्याल गरे अब नयाँ मन्त्री थप्न मिल्दैन ।
मन्त्रीपरिषद्मा ३ उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले लिएका छन् । विष्णुप्रसाद पौडेल अर्थसहित वरिष्ठ उपप्रधानमन्त्रीको जिम्मा दिइएको छ ।
बिहिबार थपिएका मन्त्रीहरू खगराज अधिकारी (गृह), राजकिशोर यादव (उद्योग, वाणिज्य तथा आपूर्ति), नैनकला थापा (सञ्चार तथा सूचना प्रविधि), ज्वालाकुमारी साह (कृषि तथा पशुपन्छी विकास), नारद मुनि राना (वन तथा वातावरण), गणेशकुमार पहाडी (सङ्घीय मामिला तथा सामान्य प्रशासन) र मोहन बानियाँ (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) छन् । यस्तै आशाकुमारी वि.क. वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रधानमन्त्री श्री केपी शर्मा ओलीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छन् ।
1. केपी शर्मा ओली प्रधानमन्त्री रक्षा
2. विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ
3. रघुबीर महासेठ उपप्रधानमन्त्री परराष्ट्र
4. राजेन्द्र महतो उपप्रधानमन्त्री शहरी विकास
5. खगराज अधिकारी मन्त्री गृह
6. शरतसिंह भण्डारी मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाई
7. कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
8. अनिलकुमार झा मन्त्री खानेपानी
9. शेरबहादुर तामाङ मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
10. राजकिशोर यादव मन्त्री उद्योग, बाणिज्य तथा आपूर्ति
11. लक्ष्मणलाल कर्ण मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
12. बसन्तकुमार नेम्वाङ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
13. लिलानाथ श्रेष्ठ मन्त्री कानून, न्याय तथा संसदीय मामिला
14. नैनकला थापा मन्त्री सञ्चार तथा सूचना प्रविधि
15. ज्वालाकुमारी साह मन्त्री कृषि तथा पशुपन्छी विकास
16. बिमलप्रसाद श्रीवास्तव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
17. उमाशंकर अरगरिया मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
18. चन्दा चौधरी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
19. एकवाल मियाँ मन्त्री युवा तथा खेलकुद
20. नारद मुनि राना मन्त्री वन तथा वातावरण
21. गणेशकुमार पहाडी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
22. मोहन बानिया मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
23. चन्द्रकान्त चौधरी राज्यमन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाई
24. रेणुका गुरूङ राज्यमन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
25. आशाकुमारी वि.क. राज्यमन्त्री वन तथा वातावरण