Shikhar Insurance

नेप्सेमा सामान्य गिरावट, सेयर बेच्ने बढे

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २७, बिहीबार १५:३२
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य घटेर बन्द भएको छ । नेप्से परिसूचकमा बिहीबार १.८ अंकको करेक्सन आएको हो । अघिल्लो दिन पनि बजार दोहोरो अंकले ओरालो लागेको थियो ।

नेप्से ०.०६ प्रतिशतले घटेर २९४४.७८ अंकमा पुग्दा बजारमा कारोबार आएका ९० कम्पनीको मूल्य बढे भने ८९ कम्पनीको मूल्य घटेका छन् । तीनवटा कम्पनीको मूल्य भने यथावत रहे ।

Citizen Life
Kumar Bank
Nepal Life

बजारमा अघिल्लो सेयर बेच्नेको बढी हुँदा नेप्से परिसूचक घटेको हो ।

नेप्सेका अनुसार ३ करोड ६ लाख कित्ता सेयर १६ अर्ब १० करोड रूपैयाँमा खरिदविक्री भएको छ । २ सय २० स्क्रिप्टका सेयर १ लाख ५५ हजार कारोबार भए ।

नेप्से घटेको दिन जलविद्युत कम्पनीहरूको सेयर मुल्य भने करिब १० प्रतिशतले बढेका छन् । १ वित्त कम्पनी र १२ हाइड्रो गरी कुल १३ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेका छन् ।

गुमाउनेहरूले भने सामान्य मूल्य गुमाएका छन् । कुनै पनि कम्पनीको सेयर मुल्य ५ प्रतिशतले घटेको छैन ।

नेप्सेमा बिहीबार एचआईडीसीएलको सबैभन्दा बढी सेयर किनबेच भएका छन् । कम्पनीको ९९ करोड बराबरको सेयर किनबेच हुँदा नेपाल रिइन्स्योरेन्स कम्पनी दोस्रोमा छ ।

समूहगत उपसूचकतर्फ बैंक, बीमा लगायत ठूला समूहको उपसूचक घटेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्