Shikhar Insurance

महाधिवेशन आयोजक कमिटी बन्नु अघि नै बादलहरु केन्द्रिय सदस्य बनिसकेका थिएः शंकर पोखरेल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २८, शुक्रबार १०:०४
NIMB
Nabil Bank

काठमाडौं । सर्वाेच्च अदालतले नेकपा(एमाले)को महाधिवेशन आयोजक कमिटीलाई बैधता नदिएपछि शंकर पोखरेलले प्रतिक्रिया सार्वजनिक गरेका छन् । बिहिबार अदालतको आदेश आएको भए पनि पोखरेलले शुक्रबार करिब १० बजे मात्रै धारणा सार्वजनिक गरेका हुन् । एमाले अध्यक्ष केपी ओलीको सम्भावित उत्तराधिकारीका रुपमा हेरिएका पोखरेलले सर्वाेच्च अदालतको आदेशले एमाले एकता नजोगाउने संकेत गरेका छन् ।

सोच विचार गरेरै धारणा अघि सारेका पोखरेलले फेसबुक मार्फत बादलसहितका नेताहरुलाई सम्मेलन आयेजक कमिटी गठन पूर्व नै केन्द्रिय कमिटीमा समावेश गरिएको उल्लेख गरेका हुन् । ‘आयोजक कमिटी गठन हुनुपूर्व नै केकको वैठकले वादल सहितका कमरेडहरुलाई केकमा समावेश गरेको हो । अदालतको निर्णय त्यससंग सम्वन्धित छैन।’, पोखरेलले लेखेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एमाले एक हुने वातावरण बनेको भन्दै उत्साहित भएका एमाले कार्यकर्ताहरु लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत रहेका पोखरेलको धारणापछि निरास बनेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्