Shikhar Insurance

दृष्टिविहीनहरू मोबाइल बैंकिङ चलाउँछन्, सेयर किनबेच गर्छन्, बिजुलीको बिल पनि तिर्छन् ! (भिडियो)

यस्ता छन् उनीहरूको समस्याः
सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २८, शुक्रबार २१:५४
NIMB
Nabil Bank

काठमाडौं । दृष्टिविहीनले पनि मोबाइल बैंकिङ चलाउँछन्, मोबाइलबाटै पैसा पठाउँछन् । टीएमएस प्रयोग गरेर सेयर किनबेच गर्छन् र बिजुलीको बिल पनि तिर्छन् ।

यो सुनेर तपाईंलाई आश्चर्य लाग्दो हो । तर, उनीहरूले अरूको सहयोग लिएर होइन, यो सबै आफैं गर्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का १ सयभन्दा बढी सञ्चारकर्मीमाझ भर्चुअल माध्यमबाट जोडिएर यी सबै काम गरेर देखाइदिए ।

साधारण व्यक्तिलाई पनि प्रविधि असहज लाग्दा दृष्टिविहीनका लागि जीवन सहज बनाउने माध्यम प्रविधि भएको छ ।

नेत्रहिन संघका प्रतिनिधिहरूले बैंकिङ कारोबार र सेयर कारोबार प्रविधिको प्रयोगबाट वर्षदिन देखि गर्दै आएका छन् ।

उनीहरुको यो कौशल देखेर नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादर मिश्र, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाललगायत छक्कै परे ।

र, उनीहरूको समस्या समाधान गरी यस्ता काम थप सहज बनाउन प्रतिवद्धता व्यक्त गरे ।

स्क्रीन रिडरको सहयोगमा दृष्टिविहिनहरुले सानिमा बैंकको मोबाइल बैंकिङ, प्रभु पेको वालेट, टिएमएसको प्रयोग गरी कारोबार नै गरेर देखाएका थिए ।

हेरौं, उनीहरूले कसरी गर्छन् यस्तो काम ? केके समस्या छन् ?

GBIME

प्रतिक्रिया दिनुहोस्