Shikhar Insurance

अब ट्यांकर चालकले तेल नओसार्ने, यस्तो छ कारण

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३०, आईतवार १२:०८
NIMB
Nabil Bank

काठमाडौं । ट्यांकर चालकहरूले इन्धन नओसार्ने भएका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आफूहरूमा खोपको व्यवस्था नगरेसम्म तेल नओसार्ने बताएको हो ।

कोरोनाका कारण चालक, सहचालक तथा पम्म कर्मचारीको निधन भएको र उनीहरूको धेरै परिवार सदस्यको समेत निधन भएको तथा केही उपचाररत रहेको भन्दै अब थप जोखिम मोलेर तेल नओसार्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र लेख्दै उनीहरुले थप सेवा प्रवाह गर्न असमर्थ रहेको बताएका छन् ।

संघले खोपको प्रबन्ध चाँडोभन्दा चाँडो गर्न ताकेता पनि गरेको छ ।

खोपको विशेष व्यवस्था गरी कार्यसञ्चालन गराउन संघको आह्वान छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्