Shikhar Insurance

माधव नेपाल निवासमा देउवा र प्रचण्ड, के के भयो कुरा ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३१, सोमबार २१:०७
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न देउवा र प्रचण्ड कोटेश्वरस्थित नेपाल निवासमा पुगेका थिए । भेटमा सर्वाेच्च अदालतले एमालेबारे गरेको फैसला र भावी रणनीतिबारे छलफल भएको श्रोतले बतायो ।

Citizen Life
Kumar Bank
Nepal Life

भेटमा देउवा र प्रचण्डले एमालेबारे सर्वाेच्च अदालतको फैसला पछि के हुन्छ भनि नेपालसँग जिज्ञासा राखेका थिए । दोश्रो तहका नेताहरुले ओलीसँग वार्ता गरिरहेको विषयमा पनि कुराकानी भएको थियो । नेता नेपालले भने प्रतिनिधी सभा विघटन गर्ने ओलीको निर्णयबारे आफ्नो अडान यथावत रहेको बताएका थिए । अदालतमा बुझाइएको हस्ताक्षर समेत फिर्ता नहुने नेपालले स्पष्ट पारेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्