Shikhar Insurance

ओली गुटमा लफडाः आफ्नैहरु भिड्न थालेपछि बालुवाटारमा तनाब

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार ०९:४९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको समुहमा लामो समयदेखि सुसुप्त अवस्थामा रहेको लफडा एकाएक पटाक्षेप हुन थालेको छ । यसअघि महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, शुभाष नेम्बाङ, शंकर पोखरलहरुका बीचमा तिब्र प्रतिष्पर्धा थियो र त्यो सुसुप्त अवस्थामा थियो । तर यसपाली ओलीको उत्तराधिकारी बन्ने दौडदेखि दोश्रो र तेश्रो पुस्तासम्मै पद र शक्तिको लडाई छताछुल्ल भएको छ ।

महासचिव पोखरेललाई विनाविभागिय उप प्रधानमन्त्रीबाट हटाएर अर्थमन्त्री विष्णु पौडेललाई बढुवा गरि उपप्रधानमन्त्री बनाएपछि ओलीले सम्भावित उत्तराधिकारीका रुपमा पौडेललाई अघि सारेको रुपमा अथ्र्याउन थालिएको छ । त्यसो त सुभाष नेम्बाङ त्यहि खडा छन् । उता, शंकर पोखरेलले ओलीपछि आफुलाई खास उत्तराधिकारीका रुपमा अघि सार्नुपर्ने अडान ओली सामु राख्दै आएका थिए । तर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा खुम्चिनु पर्दा पोखरेल पनि केन्द्रिय राजनीतिको प्रमुख जोड घटाउबाट अलि परै बस्न बाध्य भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

लुम्बिनीमा विष्णु पौडेल र शंकर पोखरेलको लडाई झनै पेचिलो थियो र त्यो अझै कसिलो बन्दै गएको छ । ईश्वर पोखरेल, शुभाष नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेलहरुको लफडा मिलाउन मुस्किल परिरहेका बेला ओलीलाई अर्काे बज्रपात आईलागेको छ ।

तेश्रो पुस्ताका रुपमा हेरिएका भानुभक्त ढकाल, विष्णु रिमाल, खगराज अधिकारी, राजन भट्टराई, गोकुल बास्कोटा, कर्ण थापा र महेश बस्नेतहहरुको लडाईले ओली क्याम्पमा अर्काे संकट आईलागेको छ ।

मन्त्रिपरिषद विस्तारमा कर्ण थापा, गोकुल बास्कोटा, खगराज अधिकारी र महेश बस्नेतले गृह मन्त्रालयको दावी गरेका थिए । बस्नेतलाई बनाउने मोटामोटी सहमति पनि बनेको थियो । तर एकाएक शंकर पोखरेल, भानुभक्त ढकाल, विष्णु रिमाल र राजन भट्टराईहरु एकजुट भए र बस्नेतको नाम मेटेर कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाए । बस्नेतलाई रोक्न शंकर पोखरेल, भानु ढकाल र राजन भट्टराईहरुले राष्ट्रपति विद्या भण्डारी मार्फत ओली सामु दबाव बढाएको श्रोत बताउँछ ।

बस्नेतले गृहमन्त्रालय गुमाएपछि उनी निकट युवाहरुले सामाजिक सञ्जालमै आक्रोश पोखेका थिए । बस्नेत आफैले पनि बालुवाटारमा सल्लाहकारहरुको घेराबन्दीले आफुलाई गृहमन्त्री बन्न रोकेको सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् । पछिल्लो समय बस्नेतको उदयलाई रोक्न शंकर पोखरेल, भानुभक्त ढकालदेखि गोकुल बास्कोटा हुँदै कर्ण थापा र राजन भट्टराई एक जुट भएका थिए ।

माधव नेपाल कहाँ धाउँदै मन्त्री छाडेकाहरु
ओलीले मन्त्रीबाट निकालेका अधिकांश नेताहरु यतिबेला बरिष्ठ नेता माधव नेपालको निवास धाउन थालेका छन् । उनीहरु पार्टी मिलाउनु पर्यो भन्दै नेपाल निवास जान थालेका हुन् । ओली क्याबिनेटमा बसेर काम गरेकाहरु ओलीको कार्यशैलीबाट उभो नलागिने निष्कर्षसहित नेपाल निवास पुगेर पार्टीको मुल नेतृत्व गरिदिन आग्रह गर्न थालेका हुन् । उनीहरुले नेपाललाई भेटेर ओलीको कार्यशैलीले देशलाई डुबाउने बताउन थालेका छन् । मन्त्रिपरिषदमै पनि आफुहरु ओलीका कारण आजित भएको गुनासो बरिष्ठ नेता नेपालसामु पोखिरहेका छन् ।

पूर्व माओवादीमा अनेकतासँगै असन्तुष्ठि
पूर्व माओवादी पृष्ठभूमिका नेताहरु बादल, टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणी थापाहरुकै बिचमा पनि फाटो आउन थालेको छ । ओलीले पनि पूर्व माओवादी नेताहरुबाट अपेक्षा अनुसारको राजनीतिक लाभ लिन नसकेको निष्कर्ष सुनाउन थालेका छन् । पूर्व माओवादी नेताहरु ओलीले आफुहरुलाई धोका दिएको प्रारम्भिक निष्कर्षमा समेत पुगिसकेको श्रोत बताउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्