Shikhar Insurance

धितोपत्र बोर्डले अभिभावकीय जिम्मेवारी पुरा गर्‍यो, अब बजार दिगो विकासको बाटोमा अघि बढ्छः रौनियार

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार १६:४७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले खराब कम्पनीहरुको सेयर भाउ बढाउने, कर्नरिङ गर्नेहरुलाई २० प्रतिशत कम्पनीको सेयर भाउ चलखेल गरेर बढाइएको रहेछ, बोर्डले ५१ मध्ये ककसलाई सफाया दिनुपर्नेहो तत्काल दिने र कारवाही गर्ने कम्पनीहरुको छुट्याउनुपर्नेमा जोड दिए ।

‘बोर्डले ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको देखाइएको छ, अब कुन कुन कारवाहीको भागिदार हुन् ? कुन कुनले सफाई पाउने हुन् ? त्यसको चाँडो एकिन हुनुपर्छ’, अध्यक्ष रौनियारले भने । बोर्डले नियामकिय भूमिका निर्वाह गरेर अभिभावकीय जिम्मेवारी पुरा गरेको पनि उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘हाम्रो सेयर बजारमा कर्नरिङ लगायतका चलखेल रहेछ भन्ने प्रमाणित भएको छ, अब बजारको दिगो विकासमा सहयोग पुग्छ’, रौनियारले भने । उनले अब सूचिकृत कम्पनीहरुलाई नियम परिपालन गराउन पनि बोर्डलाई प्रेरित गरेको पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्