Shikhar Insurance

बजारको रफ्तार मात्र हेरेर लगानी गर्ने अल्पकालीन लगानीकर्तालाई अडानी ग्रुपले सिकाएको पाठ !

सिंहदरबार संवाददाता
२०७८ असार ३, बिहीबार १२:२९
NIMB
Nabil Bank

एजेन्सी । सोमबार बिहान अडानी ग्रुपका लागि सुखद रहेन ।

सुरुमा ग्रुपको सेयर किन्न तीनवटा विदेशी कोष (फरेन फोर्टफोलियो इन्भेस्टमेन्ट अर्थात् एफपीआई) फ्रिज भएको समाचार इकोनामिक टाइम्समा प्रकाशित भयो । त्यसपछि, ग्रुपको लगानी रहेका कम्पनीको सेयर मुल्यमा ह्रास आउन थाल्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

अडानी ग्रुपको लगानी रहेका ६ कम्पनीको सेयर मुल्यमा ५ देखि २५ प्रतिशतसम्मको गिरावट आयो । जसका कारण अडानी ग्रुपको कुल सम्पत्ति भारु ५ खर्ब ५७ अर्ब रुपैयाँले गुम्यो ।

मरिससका तीन कम्पनी जसको कोष फ्रिज भएको समाचारमा भनिएको थियो । ती कम्पनीहरु हुन्ः अल्बुला इन्भेस्टमेन्ट फन्ड, क्रेस्टा फन्ड र एपीएमएस इन्भेस्टमेन्ट फन्ड । ग्रुपको ५ कम्पनीमा यी तीन कोषको लगानी ४ खर्ब ३५ करोड भारु रहेको बताइएको छ ।

तर, अडानी ग्रुपले सो समाचारलाई अस्वीकार गर्दै भारतको नियामकीय निकाय एनएसडीएसलाई इमेल गरेको छ ।

एनएसडीएलका उपाध्यक्ष राकेश मेहताका अनुसार ग्रुपमा लगानी गर्ने सबै कोष सक्रिय नै छन् तर केही क्षति भने पुगेको थियो । तर, दिनको अन्त्यसम्म स्थिति क्षतिभन्दा केही सुध्रिएको स्थितिमा पाइएको थियो ।

अडानी ग्रुपको सेयर मुल्यमा आएको यो गिरावटमा मरिससका कम्पनीको भुमिका किन शंकाष्पद छ ?
एफपीआई भन्नाले सेयर बजारमा सुचीकृत कम्पनीमा रहेको विदेशी लगानीकर्तालाई बुझाउँछ । भारतमा यस्ता लगानीकर्ताले कम्पनीमा बढीमा १० प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था छ ।

अडानी ग्रुपको लगानी रहेको अडानी इन्टरप्राइजेको सेयर मूल्य प्रतिकित्ता १६ सय भारुबाट १२ सयमा ओर्लिएको छ । अडानी पोर्टसको मूल्य १८.७५ प्रतिशतले घटेको छ । यस्तै अडानी ग्रिन इनर्जी, अडानी टोटल ग्यास, अडानी ट्रान्स्पोर्ट र अडानी पावरको सेयर मूल्य ५–५ प्रतिशतले घटेका छन् ।

यसबाट अडानीको सेयर कारोबारीले सबैभन्दा बढी घाटा बेहोरेका छन् । अडानीको आफ्नै होल्डिङ बढी भएकाले ग्रुपले धेरै घाटा नबेहोरेको अनुमान लगाइएको छ ।

अल्पकालीन लगानीकर्तालाई अडानी ग्रुपको घटनाले धेरै सिकाएको बताइएको छ ।

एउटा समाचारले किन पर्‍यो यस्तो प्रभाव ?
पछिल्लो वर्ष अडानी ग्रुपको सेयर मुल्यमा भारी वृद्धि भएको थियो । तर, ग्रुपको लगानी रहेको कम्पनीमा सर्वसाधारण लगानी निकै कम थियो । स–सानो खरिदकै आधारमा मूल्य बढेको थियो ।

तर, आज पुँजी बढी भएपनि सर्वसाधारण लगानीकर्ताको मनोवल गिरेको छ ।

जानकारका अनुसार सेयर बजारमा दुई प्रकारका लगानीकर्ता हुन्छन् । पहिलो, बजारको फन्डामेन्टल अध्ययन गरी लगानी गर्ने र दोस्रो, बजारमा सेयर मूल्यको गति हेरेर कम्पनी खरिद गर्ने ।

यस्तो स्थितिमा जब, कम्पनीको मुल्य घट्न थाल्छ । लगानीकर्तामा भागदौड सुरु हुन्छ । बजार रोकिनका लागि लगानीकर्तामा मनोवल रहिरहन आवश्यक हुन्छ । जब कम्पनीको दायित्व बढी भएका बेला हुने उतारचढावका कारण घाटा हुन्छ । अनिल अम्बानीको कम्पनीमा पनि यस्तै भएको थियो ।

– एजेन्सीहरुको सहयोगमा

GBIME

प्रतिक्रिया दिनुहोस्