Shikhar Insurance

बोर्डको सूची प्रभावः बाउन्स ब्याक हुन सकेन सेयर बजार, कारोबार रकम पनि लगातार घट्दै

सिंहदरबार संवाददाता
२०७८ असार ३, बिहीबार १५:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको सूचीको परिणाम सेयर बजारमा आज पनि देखिएको छ । बुधबार ५२ अंकले घटेको सेयर बजार बिहीबार बढ्ने प्रयास गरेपनि अन्तमा झिनो अंकले ऋणात्मक भएर बन्द भएको छ ।

बिहीबार नेप्से परिसूचक १.३ अंकले घटेर २९६८.४२ अंकमा आइपुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से परिसूचक घट्दा ९४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ८० कम्पनीको मूल्य बढेको छ ।

धितोपत्र बोर्डको सूची प्रभाव कारोबार रकममा पनि देखिएको छ । आज जम्मा १० अर्ब ९० करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ जुन अघिल्लो दिनको भन्दा करिब ५ अर्ब कम हो ।

कारोबार रकम २० अर्ब पुग्नै लागेको बेला बोर्डले मंगलबार लगानी गर्नु जोखिम रहेका ५१ कम्पनीको सूची सार्वजनिक गरेको थियो ।

बिहीबार प्रिओपन सेसनमा बढेको सेयर बजारमा पटक पटक सकारात्मक हुने प्रयास गरेपनि बन्द हुने समयमा हरियो बन्न नसकेको हो । निरन्तर बढिररहेको सेयर बजारमा एकाएक ब्रेक लागेपनि बिहीबारको बजारले पटक पटक बाउन्स ब्याक हुने संकेत गरेकाे थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्