Shikhar Insurance

रक्षक नै भक्षकः भ्रष्ट आरोपित सदस्य सचिवको दोहोरिने दाउ (आरोपहरू)

सिंहदरबार संवाददाता
२०७८ असार ४, शुक्रबार ०८:५४
NIMB
Nabil Bank

काठमाडौं । विवादित बनेका पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल यतिखेर आफूलाई पुनः नियुक्तिका लागि शक्तिकेन्द्र धाउन थालेका छन् । आफ्नो कार्यकाललाई विवादको केन्द्र बनाएका ढकालको कार्यकाल १ महिनापछि सकिँदैछ । तर, उनी अहिले नै राजीनामा दिएर पुनर्नियुक्तिका लागि नेता, मन्त्रीदेखि, भारतीय राजदुतावास समेत पुग्न थालेका छन् ।

स्रोतका अनुसार साउनमा कार्यकाल सकिने हुँदा पुनः सदस्य सचिवमा आउन र कोषाध्यक्षमा महन्थ ठाकुर गुटबाट नवराज लम्साललाई ल्याउनका लागि उनले कुनै कसर बाँकी राखेका छैनन् । हुन त, उनलाई अहिले पनि भारतले रूचाएका मानिँदैन ।

Citizen Life
Kumar Bank
Nepal Life

उनको पहिलो नियुक्ति जितेन्द्र देव संस्कृति मन्त्री हुँदा देशविदेशका शक्तिकेन्द्रहरुको सहयोगमा भएको स्रोत बताउँछ ।

आखिर विवादित हुने केके काम गरे उनले ?

ढकालको नेतृत्वमा रहेकै बेला विश्व सम्पदा सूचिमा समावेश हिन्दू धर्मावलम्वीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको व्यवस्थापन र विकास निर्माण अस्तव्यस्त छ । भारत सरकारले बनाइदिएको नेपाल-भारत मैत्री धर्मशालालाई होटलमा परिणत गरेपछि उनी थप विवादमा तानिएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ भदौमा यो धर्मशाला उद्घाटन गरेका थिए । तर, धर्मशाला विगत दुई वर्षदेखि तारे होटलका रुपमा चलिरहेको छ । ४ सय बेडको यो धर्मशालालाई बतास अर्गनाइजेसन अन्तर्गतको होटल आनन्दले १५ वर्षका लागि लिएको छ ।

ढकालकै मिलेमतोमा यो सुविधासम्पन्न भवन वार्षिक एक करोड रूपैयाँमात्र भाडामा बतासलाई दिइएको हो । यो भाडा प्रत्येक वर्ष ५ प्रतिशतले मात्र बढ्छ ।

सामान्तयाः राजधानीमा भाडा प्रत्येक वर्ष १० प्रतिशतले बढ्ने गरेको छ ।

यस्तै आम नागरिकका लागि बनाइएको यो धर्मशाला तारे होटल बनाइँदा उनीहरू बस्न सक्ने स्थिति छैन । बतासले संरचना फेरबदल गर्न नपाइने उल्लेख भएपनि अहिले बतासले आफू अनुकुल संरचना बनाउने गरेको छ ।

बतास अर्गनाइजेसनले सो भवनलाई आफ्नो कर्पोरेट कार्यालयदेखि गाडीको ‘शो-रुम’ ट्राभल कम्पनी, लेखापढी फर्म, मेनपावर कम्पनीदेखि रेष्टुरेन्ट समेत चलाइरहेको छ ।

यस्तै गोठाटारस्थित पशुपतिनाथको ५३४ रोपनी जग्गाको बालुवा विचौलियालाई दिन योगेश भट्टराई मन्त्री हुँदा कोषलाई ७२ करोड रुपैयाँ घाटा हुने गरी सदस्य सचिव ढकालले निणर्य गरेकोमा आरोप स्थानीय तथा सरोकारवालाको छ ।

ढकाल सदस्य सचिव हुँदा पशुपति क्षेत्रको गुरुयोजना तयार गर्ने विषयमा पनि विवाद सिर्जना भएको छ । २०६८ यता पटक पटक पहल भएपनि गुरुयोजना तयार हुन सकेको छैन । तर, यसकै लागि भनेर वर्षेनी करोडौं रकम खर्च हुने गरेको छ ।

पशुपतिनाथको जिन्सी सामग्रीको अभिलेख राख्ने प्रक्रियामा सदस्य सचिव ढकालले चासो देखाएका छैनन् । जसले गर्दा पशुपतिनाथमा चढाइने जिन्सी सामग्रीहरुको चरम दुरुपयोग भईरहेको छ । यति मात्रै होइन २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक सम्पदाको पुनर्निर्माण समेत निकै सुस्त छ । पशुपतिनाथको नाममा झण्डै ११ हजार रोपनी जग्गा रहेकोमा अहिले धमाधम हराउन थालेको र यसो हुनुको कारण पनि ढकाल नै रहेको जानकारको आरोप छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्