Shikhar Insurance

प्रदेशमा ब्रोकरलाई नयाँ लाइसेन्स, लिमिटेड कम्पनी अनिवार्य

सिंहदरबार संवाददाता
२०७८ असार ४, शुक्रबार १४:५३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सातै प्रदेशमा नयाँ ब्रोकरहरुलाई लाइसेन्स दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलको इच्छा अनुसार प्रत्येक प्रदेशमा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने गरि तयारी अघि बढेको हो ।

अर्थमन्त्रालय श्रोतका अनुसार प्रदेशमा कार्यक्षेत्र हुने गरि प्रति प्रदेश ५ देखि ७ वटा ब्रोकरलाई लाइसेन्स दिन लागिएको छ । बैंकका सहायक कम्पनीले भने त्यस्तो ब्रोकर लाइसेन्स पाउने छैनन् । ‘नियमावलीमा संसोधन गरेर प्रदेश संरचनाबारे उल्लेख गर्नेसहितका केहि प्रावधन थप्नुपर्ने रहेछ, त्यसपछि प्रदेशमा ब्रोकर लाइसेन्स दिने गरि बोर्डलाई काम अघि बढाउन भनेका छौं’, अर्थमन्त्रालय उच्च श्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

श्रोतका अनुसार नयाँ ब्रोकर कम्पनीहरु लिमिटेड हुनेछन् । ब्रोकरहरुको पुँजी पनि बढाएर न्युनतम पाँच करोड र अधिकतम २५ करोड रुपैयाँसम्म तोकिनेछ । यस्तो पुँजी संरचना भने पुराना ब्रोकर कम्पनीहरुले पनि कायम गराउनुपर्नेछ । ‘अब ब्रोकर कम्पनीहरु पनि लिमिटेड हुनुपर्छ, सिमित व्यक्तिहरुको हातमा लाइसेन्स दिन सकिन्न’, श्रोतले भन्यो ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने कुन गरिकाले कहाँ कहाँ कति वटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे बोर्डले छलफल गरिरहेको बताए । ‘नयाँ ब्रोकर थप्नुपर्छ भन्ने हाम्रो पनि निष्कर्ष हो, तर के आधारमा ? कस्ता कम्पनीलाई दिने ? कहाँ कहाँ दिने भन्नेबारे छलफल गरिरहेका छौं’, अध्यक्ष ढुंगानाले भने ।

उनले अहिले नै कस्ता कम्पनीलाई र कति संख्यामा दिने भन्नेबारे एकिन नभएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्