Shikhar Insurance

व्यवसाय विस्तारमा सिभिल सबैभन्दा आक्रमक, एनआईसी दोस्रो, सिटिजन्स तेस्रो (कर्जा र निक्षेपको ११ महिने तथ्यांक)

सिंहदरबार संवाददाता
२०७८ असार ५, शनिबार १०:००
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले व्यवसाय विस्तारमा सिभिल बैंक सबैभन्दा अगाडि देखाएको छ । गत असार मसान्तको तुलनामा बैंकले सबैभन्दा बढी निक्षेप संकलन गर्न सक्षम भएको हो भने कर्जा विस्तारमा पनि सिभिल सबैभन्दा अगाडि छ ।

सबैभन्दा कम निक्षेप संकलन गरी सबैभन्दा कम कर्जा प्रवाह गर्दै सबैभन्दा सानो बैंकका रुपमा परिचित सिभिल बैंक जेठ मसान्तसम्म आईपुग्दा त्यो स्थितिमा छैन । निक्षेपको हिसाबमा बैंकले ३ वटा बैंकलाई उछिनेको छ । अब सबैभन्दा कम निक्षेप संकलन गर्ने बैंकको सूचीमा सिभिलभन्दा तल स्ट्यान्डर्ड चाटर्ड बैंक, सेन्चुरी कमर्सियल बैंक र नेपाल बैंगलादेश (एनबी) बैंक छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सिभिलले असारको तुलनामा निक्षेप सबैभन्दा बढी अर्थात् ४७.८९ प्रतिशतले बढाएको छ । बैंकले ११ महिनामा २८ अर्ब ८० करोड रुपैयाँ निक्षेप बढाएको हो । जुन वाणिज्य बैंकहरुमध्ये तेस्रो बढी हो ।

गत असारसम्म सबैभन्दा कम अर्थात् ६० अर्ब १४ करोड रुपैयाँमात्र निक्षेप परिचालन गरेको सिभिलसँग जेठ मसान्तसम्म ८८ अर्ब ९४ करोड रुपैयाँ निक्षेप छ ।

धेरै निक्षेप हुनेको सुचीमा पुच्छरमा रहेको एनबीसँग ८१ अर्ब ५५ करोड, सेन्चुरीसँग ८६ अर्ब ३३ करोड र स्ट्यान्डर्ड चार्टर्डसँग ८७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप छ ।

आक्रमक बजार विस्तारमा सिभिल शीर्षमा रहेको तथ्यमा कर्जा प्रवाहको उत्तिकै भुमिका छ । सबैभन्दा थोरै कर्जा प्रवाह गर्ने बैंकहरको सूचीमा सिभिल पुच्छरका ३ बैंकमा अटाउँदैन । जेठ मसान्तसम्म सिभिलले ८३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ जुन स्ट्यान्डर्ड चार्टर्ड, एनबी र सेन्चुरीको भन्दा बढी हो ।

गत असारसँग दाँज्दा बैंकले ११ महिनामा सबैभन्दा बढी ५५.३ प्रतिशत अर्थात् २९ अर्ब ७७ करोडले कर्जा बढाएको छ । रकमका आधारमा कर्जा विस्तार दशौं बढी हो ।

गत असारसम्म सिभिलले जम्मा ५३ अर्ब ८३ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेको थियो ।

जेठमा बैंकले ६८ करोड रुपैयाँमात्र निक्षेप उठाएको छ भने ३८ करोड रुपैयाँमात्र कर्जा विस्तार गरेको छ ।

आक्रामक बजार विस्तार गर्नेको सूचीमा दोस्रो स्थानमा छ, एनआईसी एशिया बैंक । निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिदरमा एनआईसी दोस्रोमा छ ।

एनआईसी एशिया सबैभन्दा बढी निक्षेप संकलन गरी सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंक हो । चालु आवको ११ महिनामा बैंकले सबैभन्दा बढी ९३ अर्ब ६ करोड निक्षेप संकलन गरेको छ भने ९३ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो वृद्धि ४ वाणिज्य बैंकले हालसम्म परिचालन गरेको निक्षेप र कर्जाभन्दा बढी हो ।

असारको तुलनामा निक्षेप वृद्धिदर ४४.१४ प्रतिशत हो भने कर्जा वृद्धिदर ५३.५४ प्रतिशत हो । दुवै वृद्धिदर दोस्रो बढी हो ।

गत असारसम्म एनआईसी एशियाले २ खर्ब १० अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेकामा जेठ मसान्तमा ३ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ पु¥याएको छ । यस्तै कर्जा प्रवाह १ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँबाट बढाएर २ खर्ब ६६ अर्ब ७६ करोड रूपैयाँ पुगेको छ ।

सिटिजन्स आक्रामक बजार विस्तार गर्ने बैंकहरुको सूचीमा तेस्रोमा छ । सिटिजन्सले ११ महिनामा निक्षेप ४२.१ प्रतिशतले बढाएको छ भने कर्जा विस्तार ४१.६२ प्रतिशतले भएको छ ।

गत असार मसान्तसम्म बैंकले ९२ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । निक्षेपका आधारमा बैंक पाँचौं सानो बैंक थियो भने कर्जा प्रवाह छैटौं सानो थियो ।

११ महिनामा बैंकले ३८ अर्ब ८२ करोड रुपैयाँ निक्षेप थपेको छ र कर्जा ३३ अर्ब ८२ करोडले बढाएको छ ।

रकमका आधारमा बैंकले बढाएको निक्षेप दोस्रो बढी हो । यस्तै, कर्जा विस्तार गर्नेहरुको सूचीमा सातौं बढी हो ।

गत वर्षसम्म कम निक्षेप संकलन गरी कम कर्जा प्रवाह गर्नेको सूचीमा रहेको सिटिजन्स मध्यभागमा आइपुगेको छ । बैंकले जेठ मसान्तसम्म १ खर्ब ३१ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

११ महिनामा बैंकहरुले बढाएको निक्षेप (प्रतिशतमा)

११ महिनामा बैंकहरुको बढाएको कर्जा प्रवाह (प्रतिशतमा)

कुन बैंकसँग कति निक्षेप ? (जेठ मसान्तसम्मको तथ्यांक)

कुन बैंकसँग कति कर्जा ? (जेठ मसान्तसम्मको तथ्यांक)

GBIME

प्रतिक्रिया दिनुहोस्