Shikhar Insurance

४५ दिनभित्र ७ अर्ब तयार पार्न हिमालयन रिका प्रमोटरलाई बीमा समितिको पत्र

सिंहदरबार संवाददाता
२०७८ असार ६, आईतवार १०:०५
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले हिमालयन रिका लगानीकर्ताहरुलाई ७ अर्ब पुँजीको जोहो गर्न पत्र काटेको छ । समितिले हिमालयन रिका सम्पर्क व्यक्ति साहिल अग्रवालका नाममा असार ३ गते पत्र लेखेर ४५ दिनभित्र संस्थापकका तर्फबाट कबोल गरिएको ७ अर्ब रुपैयाँ बैंकमा जम्मा गरि समितिका नाममा ‘एयर मार्क’ गर्न भनेको हो ।
१० अर्ब पुँजीको हिमालयन रिले संस्थापकका तर्फबाट ७ अर्ब लगानी गर्न भनेको थियो ।

चार प्रतिष्पर्धी कम्पनीहरुलाई पछि पार्दै लाइसेन्स हात पारेको हिमालयनको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालाई प्रस्ताव गरिएको छ । हिमालयनले जेठ १६ गते नयाँ रिका लागि आसयपत्र पाएको थियो । प्रमुख कार्यकारी अधिकृतका रुपमा भारतीय नागरिक मुकेश कपुरलाई अघि सारिएको छ ।
१०६ जना संस्थापक लगानीकर्ता रहेको हिमालयन रिमा राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकले ५०।५० करोड रुपैयाँ लगानी गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस बाहेक महासंघ अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, जगदम्बा ग्रुप, एमभी दुगड ग्रुप, दिपक भट्ट लगायतको लगानी रहनेछ । हिमालयनमा व्यक्तिले भन्दा पनि कम्पनीका तर्फबाट लगानी प्रस्ताव गरिएको ४० वटा कम्पनीका तर्फबाट कुल लगानीको प्रतिवद्धता देखिन्छ ।

लगानी जुटाउनै कठिन
श्रोतका अनुसार समितिले ४५ दिनभित्रै ७ अर्ब रकम जोहो गर्न भनेपछि हिमालयन रिका लगानीकर्ता तनाबमा परेका छन् । बार्षिक रुपमा ठूलो मात्रामा कर तिर्ने समयमा समितिले पत्र काटेको भन्दै उनीहरु रुष्ट बनेका हुन् । ‘यस्तो बेलामा कसरी त्यत्रो पैसाको जाहो गर्नु ? अलि समय थपिदिनु पर्छ भन्ने कुरा आएको छ’, श्रोतले भन्यो ।

समितिले बैशाख १६ गते सार्वजनिक सूचना प्रकाशित गरेर एउटा रि इन्स्योरेन्स कम्पनीका लागि आवेदन खुलाएको थियो । काठमाडौं रि, अन्नपूर्ण रि, जेन्युइन रि, प्रुडेन्सियल रि र हिमालयन रिले आवेदन दिएका थिए । हिमालयन रिको लाइसेन्स प्राप्ति प्रक्रिया विवादमा भने परिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्