Shikhar Insurance

नेप्सेमा ६३ अंकको पहिरोः परिसूचक २ साताअघिको बिन्दुमा, एकैदिन १ सय ७५ कम्पनीको मुल्य घट्यो

सिंहदरबार संवाददाता
२०७८ असार ६, आईतवार १५:२०
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा भारी पहिरो गएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको जोखिमपूर्ण कम्पनीको सूचीसँगै निषेधाज्ञा खुला भएर बजारमा लगानी आकर्षण घट्ने डरले लगानीकर्ताको मनोवल ह्वात्तै घटेको हो ।

आइतबार नेप्से परिसूचक एकैदिन ६३.११ अंकले ओर्लिएको छ । परिसूचक २.१३ अंकले घटेर २९०५.३२ अंकमा आइपुगेको हो । सेयर बजारमा यो तेस्रो गिरावट हो । गत साताको अन्तिम २ दिन परिसूचक ऋणात्मक थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

विशेष गरी नेपाल धितोपत्र बोर्डले निकालेको जोखिमपूर्ण लगानीको सूचीले लगानीकर्ताको मनोबल गिराएको हो । बोर्डको सूचीअनुसारका ५१ कम्पनीसँग ती कम्पनी भएका समूहका अन्य कम्पनीको सेयर मूल्य पनि ओरालो लागेको हो ।

यता राजधानीमा जारी निषेधाज्ञा सोमबारसम्म मात्र रहने बताइएको छ । यसबीचमा सर्वसाधारण नियमित काममा फर्किसकेका छन् । जसले गर्दा बजारमा सेयरको माग घटेको छ ।

निषेधाज्ञा हट्ने भएसँग लगानीको अन्य क्षेत्र पनि खुल्ने भएकाले सेयर बजारमा आकर्षण घट्ने लगानीकर्ताको पीर छ । जसकारण अहिले सेयर बेच्नेको संख्या पनि बढ्न थालेको छ ।

आइतबार नेप्से परिसूचक घट्दा १ सय ७५ कम्पनीको सेयर मुल्य ओरालो लागेका छन् । गुर्खा फाइनान्स, नारायणी विकास बैंक, नेसनल हाइड्रो, रुरु ऊर्जा र तारागाँउ होटलको सेयर मुल्य भने बढेका छन् ।

गुमाउनेमा युनियन हाइड्रोका लगानीकर्ताले सर्वाधिक करिब १० प्रतिशत सेयर मुल्य गुमाए ।

तीनदिनको गिरावटपछि नेप्से आज २ साता अघिको बिन्दुमा फर्किएको छ । लगातार नयाँ शिखरतर्फ उन्मुख सेयर बजारमा धितोपत्र बोर्डको सूची र निषेधाज्ञा खुकुलो तगारो बनेका हुन् ।

नेप्सेसँगै कारोबार रकममा भारी गिरावट आएको छ । आइतबार करिब १२ अर्ब रुपैयाँको मात्र सेयर किनबेच भइका छन् ।

नेप्से घटेको दिन २ सय ३१ स्क्रिप्टका २ करोड ७३ लाख कित्ता सेयर ११ अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका हुन् ।

यस्तो छ, आइतबारको सेयर कारोबार समरीः

No description available.

No description available.

No description available.

No description available.

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्