Shikhar Insurance

राजधानीमा अब ‘नाममात्रैको निषेधाज्ञा’, व्यवसाय र सवारी दुवै खुला (विस्तृत विवरण)

सिंहदरबार संवाददाता
२०७८ असार ६, आईतवार १८:२५
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं उपत्यकामा अब नाममात्रैको निषेधाज्ञा हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एकसाताका लागि थप्ने र अधिकांश गतिविधि खुला गर्ने निर्णय गरेको हो ।

जसअनुसार व्यापार व्यवसाय समय तोकेर चलाउने दिइनेछ भने निजी सवारीसाधारण जोरबिजोर प्रणालीमा चलाउने पाइनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

८ गतेदेखि लागु हुने निषेधाज्ञाको नयाँ अवधिमा कपडा पसल, भाँडा पसल लगायत भिडभाड कम हुने व्यवसाय चलाउन पाइनेछ । यस्तै विकास निर्माणका काम बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन गर्न पाइन्छ भने सरकारी कार्यालयको हकमा स्वास्थ्य मापदण्ड पालना गरेर खुला हुनेछ ।
ट्याक्सी जोर बिजोर प्रणालीमा चल्ने भएका छन् ।

बैठकका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी पसल, भाँडा पसल र विद्युतीय सामग्री बिक्री गर्ने पसल खुल्नेछन् भने त्यसै सोमबार, बुधबार र शुक्रबार सपिङ मल, फेन्सी पसल, टेलरिङलगायतका पसल सञ्चालन गर्न पाइने भएको छ ।

 

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्