Shikhar Insurance

सेयर बजारमा ७१ अंकको अर्को पहिरोः १ सय ७८ कम्पनीको मूल्य घट्दा नेप्से ३ साताअघिको बिन्दुमा

सिंहदरबार संवाददाता
२०७८ असार ७, सोमबार १५:११
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो पहिरो गएको छ । अघिल्लो दिन अंकले घटेको नेप्से परिसूचक सोमबार ७१.०६ अंकले घटेको हो ।

सेयर बजारमा कारोबारमा आएका १ सय ७८ कम्पनीको सेयर मूल्य घट्दा परिसूचकमा भारी गिरावट आएको । यो लगातार चौथो गिरावट हो । यसअघि अघिल्लो साताको बुधबार र बिहीबार पनि नेप्से घटेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार कारोबार बन्दु हुँदासम्म परिसूचक ३ साता अघिको बिन्दुमा आइपुगेको छ ।

एक साता लगाएर बढ्ने परिसूचकमा एकैदिन साताभरको वृद्धि बराबरको गिरावट आउन थालेका छन् ।

बजारमा विकसित घटनाक्रम तथा सम्बन्धित समाचार, लगानीकर्ताको ध्यान सेयर बजारबाट मोडिन थाल्नुले बजार घटाइरहेको छ ।

सोमबार कारोबार अवधि सकिँदासम्म नेप्से घटेर २८३४.४१ अंकमा आइपुगेको छ ।

नेप्से परिसूचक घट्दै गर्दा कारोबार रकममा पनि भारी गिरावट आउन थालेको छ । सोमबार २ करोड २५ लाख कित्ता सेयर ११ अर्ब ६१ करोड रूपैयाँमा किनबेच भएका छन् । कारोबार रकम अघिल्लो दिनभन्दा २८ करोड रूपैयाँ कम हो ।

आज पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने नारायणी विकास बैंकको सेयर सर्किट स्तरको मूल्यमा किनबेच भएको छ ।

No description available.

No description available.

No description available.

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्