Shikhar Insurance

महाकालीको क्षति रोक्न सक्रियता

सिंहदरबार संवाददाता
२०७८ असार ७, सोमबार १६:१५
NIMB
Nabil Bank

डोटी । जिल्ला सदरमुकाम खलङ्गामा तीन दिनसम्म निरन्तर महाकाली नदीमा पानीको बहाव बढ्यो । महाकाली नदीको सतह बढेर झण्डै सात मिटर उचाइसम्म पुग्यो । नदीको सतह बढ्दै जाँदा सदरमुकाम खलङ्गाको तटबन्धमा क्षति गरेर बजारमा समस्या हुने हो कि भन्ने धेरैमा चिन्ता थियो । स्वयं नदी नियन्त्रण अयोजनालाई तटबन्ध निर्माणाधीन क्षेत्रबाट नदी पसेर क्षति हुने हो कि भन्ने डर थियो ।

नदीको बहाव जुन क्षेत्रबाट तटबन्धमाथि पस्न थाल्यो, त्यही क्षेत्रमा बिहानदेखि अबेर रातिसम्म आयोजना प्रमुख शोभाकर पौडेलदेखि आयोजनामा कार्यरत सबै कर्मचारी निरन्तर खटिए । उनले निर्माण व्यवसायीलाई रातिसम्म काम गर्न लगाए । त्यसका कारण सदरमुकाम खलङ्गाको बाङाबगड क्षेत्रमा जोखिम हुन पाएन् । सोमबारबाट नदीको बहाव पनि कम हुँदै गएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आयोजना प्रमुख पौडेल भन्छन , “बाङाबगडको दुई ठाउँमा नदी पस्ने चिन्ता थियो, यो ठाउँमा सुरक्षित राख्न सकियो, नदीको बहाव तटबन्ध माथि आउन क्षेत्रमा राति नै बालुवाको बोरा राखेर नदीको बहाव छेकियो, निरन्तर मजदूर र कर्मचारी परिचालन गरेर नदीको तत्कालीन बहाव कम गर्न सकिएको हो ।”

अहिलेसम्मको अवस्थामा नदीले बगाउने र तटबन्ध भत्काउन सक्ने अवस्था नरहेको पौडल बताउँछन् । सदरमुकाम खलङ्गाको साढे चार किलोमिटर क्षेत्रफलमा पक्की तटबन्ध बनाइएको छ । विसं २०७० असारमा आएको बाढीपछि तटबन्ध निर्माण गरिएको हो । ३ अर्ब ५ करोड लागतमा रेटलिङसहितका तटबन्ध निर्माण भएपछि तीन टुक्रामा विभाजित भएको खलङ्गा बजार अहिले सुरक्षित छ ।

सो तटबन्धका कारण सदरमुकाम खलङ्गामा अहिलेको बाढीले असर गर्न नसकेको आयोजना प्रमुख पौडेल बताउछन् । “हामीलाई खोतीलाको पहिरो आयो भने असर गर्छ कि जस्तो लागेको थियो”, उनले भने, “तर अहिले भारततिर पनि नदीले कटान गरेका कारण क्षति नेपालतिर कम हुँदै गएको छ, दीर्घकालीन समाधानका लागि नदी कटान क्षेत्रमा पक्की तटबन्ध संरचना आवश्यक छ ।” अहिले नदी नियन्त्रण आयोजनाले व्यासको सितापुलदेखि लेकमको लालीसम्मका विभिन्न क्षेत्रमा ग्याबीन जाली राखेर तटबन्ध निर्माण गरिरहेको छ । यस्तै आयोजनाले नौगाड गाउँपालिका, शैल्यशिखर नगरपालिका, अपि हिमाल गाउँपालिकालगायत क्षेत्रमा तटबन्धको काम गरिरहेको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्