Shikhar Insurance

२ करोड पर्ने ह्युन्डाइको प्रिमियम एसयूभी ‘प्यालिसेड’ नेपालमा

सिंहदरबार संवाददाता
२०७८ असार ७, सोमबार १८:४३
NIMB
Nabil Bank

काठमाडौं । हुन्डाई गाडीका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्र्याएको छ । प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो । कम्पनीले यो कार छिट्टै आधिकारीक रूपमा सार्वजनिक गर्ने जनाएको छ । यो कोरियामा उत्पादित कार हो ।

नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने छ जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपिम टर्क उत्पादन गर्नेछ । यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको सुरुवाती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिसी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्