Shikhar Insurance

अर्थमन्त्रीलाई बोर्ड अध्यक्ष ढुंगानाको ब्रिफिङ–बजारको चिन्ता नगर्नु, सब ठिकठाक छ’

सिंहदरबार संवाददाता
२०७८ असार ७, सोमबार २०:३१
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा निरन्तर ओरालो लागेपछि अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग चासो राखेका छन् । सोमबार बोर्ड अध्यक्ष ढुंगानासँग मन्त्री पौडेलले बजारमा पछिल्लो समय देखिएको गिरावटबारे जिज्ञासा राखेका थिए ।

जवाफमा बोर्ड अध्यक्ष ढुंगानाले पुँजी बजारको विकास सब ठिक ठाक रहेको बताएका थिए । उनले बजारको दिगो विकास र स्थायीत्वका लागि बोर्ड सचेत रहेको र साना लगानीकर्ताहरुको हित संरक्षणमा ध्यान दिएको बताएका थिए । ‘यो नियमित भेटघाट थियो, स्वभाविक रुपले सेयर बजारको पछिल्लो घट्नाक्रमबारे पनि छलफल भयो, मैले बजारमा सबै ठिकठाक रहेको र दिगो विकास तथा स्थायीत्वका लागि आफु सचेत रहेको बताएँ’, बोर्ड अध्यक्ष ढुंगानाले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्रीले बजार गिरावटबारे चासो राखेपनि आफुलाई कुनै दबाव नदिएको पनि उनले बताए । बोर्ड अध्यक्ष ढुंगानाका अनुसार साना लगानीकर्ताहरुको हित संरक्षणबारे मन्त्रीले बिशेष चासो देखाएका थिए । पुँजी बजारमा हुने अनावश्यक चलखेल रोक्ने, कर्नरिङ, इन्साइडर ट्रेडिङ लगायतका गतिबिधीबारे बोर्डलाई सचेत हुन पनि भनेका थिए ।

भेटमा ब्रोकर लाईसेन्स थप्ने, नयाँ स्टक एक्सचेञ्ज, कमोडीटी एक्सचेञ्जहरुको लाइसेन्स, आईपीओको १० कित्तो नीति लगायतका बारेमा पनि चर्चा भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्