Shikhar Insurance

क्यामेरा कम्पनीले बनायो फोन, खिच्छ डीएसएलआर जस्तै फोटो

सिंहदरबार संवाददाता
२०७८ असार ८, मंगलवार १०:५३
NIMB
Nabil Bank

काठमाडौं । क्यामेरा बनाउने कम्पनी लाइकाले स्मार्टफोन बनाउन थालेको छ । प्रसिद्ध कम्पनी लाइकाले जापनमा आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको हो ।

कम्पनीले बजारमा ल्याएको फोनको नामा लाइका लाइट्ज फोन वान हो ।

Citizen Life
Kumar Bank
Nepal Life

लाइकाले बनाएको फोनको विशेषता भनेको यसको क्यामेरा हो । क्यामेराको लेन्स बनाउने यो कम्पनीले २० मेगापिक्सेलको १ इन्चको क्यामेरा सेन्सर फोनमा दिएको छ । यो सेन्सरको फोकल लेन्थ १९ एमएम छ ।

फोनमा क्यामेरा सुरक्षाका लागि म्याग्नेटिक लेन्स क्याप समेत राखिएको छ । क्यामेरालाई सर्कुलर डिजाइन दिइएको छ ।

क्यामेराले खिच्ने तस्बिर डीएसएलआर बराबर गुणस्तरको हुनेछ भने बजारमा उपलब्ध सबै प्रकारका फोनको दाँजोमा अब्बल तस्बिर यसले खिच्न सक्छ । अर्थात् यो स्मार्टफोन नभएर क्यामेरा हो जसबाट फोन पनि गर्न सकिन्छ ।

यो फोनको मूल्य १ लाख ८७ हजार ९ सय २० जापानी यन तोकिएको छ ।

फोनमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहेको छ । ६.६ इन्चको यूएक्सजीए प्लस ओएलईडी डिस्प्ले रहेको यो फोनको डिस्प्ले रेजोलुसन २७३० बाई १२६० पिक्सेल रहेको छ जसको रिफ्रेस रेट २४० हर्जको छ ।

एफ/१.९ एपेर्चर रहेको फोनको मेन क्यामेराको साथमा एउटा मोनक्रोम मोड समेत छ । अगाडि भागमा सेल्फीका लागि १२.६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्